Comments Add Comment

काठमाडौंमा दोस्रो ‘जिम्मेवार व्यवसाय सम्मेलन’ हुने

५ साउन , काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल -एनबिआई) ले यही साउनको १९ र २० गते राजधानीमा ‘दोस्रो जिम्मेवार व्यवसाय सम्मेलन ‘ आयोजना गर्ने भएको छ ।

व्यवसायमा सामाजिक उत्तरदायित्व र असल व्यवसायिक अभ्यासको प्रवर्द्धन गर्नका लागि यो सम्मेलन आयोजन गर्न लागेको एनबिआईका अध्यक्ष पद्य ज्योतीले जानकारी दिए ।

साथै यो सम्मेलनमा व्यवसायका विभिन्न क्षेत्र तथा यसका चुनौतिहरुको बिषयमा समेत छलफल गरिने छ ।

याक एण्ड यती होटलमा आयोजना हुने यो सम्मेलनमा करिब ५ सय जनाको सहभागिता रहने एनबिआईको आँकलन छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा संलग्न विभिन्न व्यवसायी तथा यस क्षेत्रका बिज्ञहरु समेतको यसमा सहभागित गराइने भएको छ । ५ हजार रुपैयाँ प्रवेश शुल्क रहेको यो सम्मेलनमा ८ वटा छलफलका सेसन चल्ने भएका छन् ।

भवानी राणा , शेखर गोल्छा सुरज बैद्य तथा सुर्यनाथ उपाध्यायको समेत संलग्नतामा विभिन्न प्यानल डिस्कसन् चलाइने भएको छ । एउटा सेसनमा एक विदेशी र २ जना स्वदेशी बिज्ञहरुको सहभागिता हुने भएको छ ।

यो छलफलबाट निस्केका निष्कर्षहरु आगामी दिनमा कलेज तथा स्कुलका पाठ्यपुस्तकमा समेत समाबेश गर्न पहल गर्ने अध्यक्ष ज्योती बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment