Comments Add Comment

प्रहरीमा मनपरी पद थप


७ साउन, काठमाडौं । नेपाल प्रहरीमा एआइजीको रिक्त दरबन्दी अनुसार बढुवा गर्दा ‘आफ्ना’ छुट्ने भएपछि ३ पद बढाएर ११ पुर्याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ।

११ पद बढाएर बढुवा सिफारिस सूची सार्वजनिक गरे पनि आफ्ना छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी दुई प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजी दरबन्दी १३ पुर्याउन सहमत भएका हुन्।

मन्त्रिपरिषद स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रहरीमा एआइजीको दुई दरबन्दी थप्न सहमति भइसकेको छ । सहमति अनुसार अब बस्ने मन्त्रिपरिषदले औपचारिक निर्णय गरेर गृहले थप दुई जनाको बढुवा सूची निकाल्ने तयारी भएको आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment