Comments Add Comment

यति एयरलाइन्स अब ‘एटीआर’ युगमा, ल्यायो ७२ सिटे नयाँ विमान


७ साउन, काठमाडौं । जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यति एयरलाइन्स अब एटीआर युगमा प्रवेश गरेको छ । यतिको पहिलो एटीआर विमान शनिबार मध्यान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । फ्रान्सेली कम्पनी एटीआरको जहाजलाई यतिले पहिलोपटक ल्याएको हो ।

एटीआरमार्फत बुद्ध एयरले बजार हिस्सा बढाउँदै लगेपछि यति पनि आफ््नो बजारलाई तल झन नदिने रणनीतिका साथ एटीआर विमानहरु ल्याउने अनुमति पाएको थियो ।

यतिले एटीआर ७२-५०० सिरिजको विमान ल्याएको कम्पनीका म्यानेजर भीमराज राईले अनलाइनखबरलाई बताए । यसले ९ एन-एएमएन कल साइन पाएको छ । ७२ सिट क्षमताको यो विमान नेपालका तराईका सजिला एयरपोर्टहरुका लागि उपयुक्त मानिन्छ । बढी यात्रुको चाप हुने गन्तब्यमा यो विमान उपयोगी सिद्ध भइसकेको छ ।

अबको एक महिनापछि कम्पनीको अर्को एटीआर पनि काठमाडौं आइपुग्ने राईले बताए ।


सिंगापुरको एजेन्टमार्फत करिब एक अर्ब लगानी गरेर यतिले एटीआर ७२-५०० ल्याएको जनाएको छ । यो विमानमार्फत भैरहवा, नेपालगञ्ज विराटनगर, भद्रपुर लगायतका प्रमुख गन्तब्यहरुमा उडान गर्ने योजना कम्पनीको छ ।

कम्पनीले अब एक वर्षभित्र थप २ वटा एटीआर ल्याउनेछ । नयाँ जहाज आएसँगै यतिको विमान संख्या ७ पुगेको छ । यतिले अहिले ३० सिटे जेटस्टि्रम-४१ सिरिजका ६ वटा विमान चलाइरहेको छ ।

अब जेटस्टि्रमसहित एटीआरमार्फत पनि सेवा विस्तार गर्दै जाने म्यानेजर राईले बताए । अहिले बुद्धसँग ४ वटा एटीआर छन् ।
यतिले ल्याएको यो विमान नेपालको ‘योंगेस्ट एटीआर’ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment