Comments Add Comment

कहाँ गए होलान् २ हजार बालबालिका ?

२ भदौ, काठमाडौं । पछिल्लो एक वर्षमा नेपालभर गरी जम्मा दुई हजार बालबालिका बेपत्ता भएको पाइएको छ ।

बालबालिका खोजतलास समन्वय केन्द्रले तयार पारेको आर्थिक वर्ष २०७३ साउनदेखि २०७४ साउनसम्मको तथ्यांकमा सो कुरा उल्लेख छ ।

केन्द्रको तथ्यांकमा बेपत्ता हुनेहरुमध्ये १३ देखि १८ वर्षमुनिका बालबालिकाहरु धेरै छन् । तिनीहरु कहाँ र कस्तो अवस्थामा छन् भन्ने अझै पनि खुल्न नसकेको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए ।

तथ्यांकमा २ हजार ७ सय ७२ जना बालबालिका नेपालभरबाट हराएका छन् । जसमा १ हजार ४७ जना बालक र १ हजार ७ सय २५ जना बालिका छन् ।

हराएका मध्ये थोरैमात्र फेला पर्ने तथ्यांकले देखाउँछ । २ हजार ७ सय ७२ बालबालिका हराएकामध्ये ७ सय २० जनामात्रै फेला पर्नुले पनि बालबालिका बेपत्ताको दर उच्च रहेको सजिलै अनुमान गर्न सकिन्छ । आजको समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment