Comments Add Comment

नोकिया एट स्मार्टफोन सार्वजनिक, दुबै क्यामराले एकसाथ भिडियो खिच्न सकिने

बहुप्रतिक्षित नोकिया एट स्मार्टफोन लञ्च भएको छ । नोकियाको ब्राण्ड स्वामित्व ग्रहण गरिरहेको एचएमडी ग्लोबल कम्पनीले लण्डनमा आयोजित एक समारोहका बीच आफ्नो फ्लागसीप स्मार्टफोन नोकिया एट सार्वजनिक गरेको हो ।

५ सय ९९ युरो मूल्य तोकिएको नोकिया ८ सेप्टेम्बरको सुरुदेखि नै बजारमा आउने बताइएको छ । एप्पललको नयाँ आइफोन अगाडि नै नोकिया ८ बजारमा पठाउने लक्ष्य एचएमडीको छ । साथै अर्को महिना ग्यालेक्सी नोट ८ सार्वजनिक गर्ने तयारी गरिरहेको सामसुङलाई पनि टक्कर दिने योजना उसको छ ।

नोकिया एट विश्वको यस्तो पहिलो एन्ड्रोइड स्मार्टफोन हो जसमा कर्ल जेइसको क्यामरा लेन्स प्रयोग गरिएको छ । यसमा डुअल क्यामरा मोड रहेको छ । जस अनुसार यो फोनका दुबै क्यामराबाट एकसाथ फोटो र भिडियो खिच्न सकिन्छ । नोकियाले यस फिचरलाई बोथी नाम दिएको छ । यो प्रविधि फेसबुक र यु ट्युबमा रियल टाइम ब्रोडकास्टिङमा निकै काम आउने देखिएको छ । यस फिरमा डिस्प्लेमा स्क्रिन स्प्लिट गरेर दुबैतर्फका क्यामराका भिजिुअल देख्न सकिनेछ एकसाथ । भिडियो निर्माताहरुका लागि यो फिचर अति उपयोगी हुने दाबी कम्पनीको छ ।

स्मार्टफोन क्यामरामा सेल्फी फिचर्सलाई महत्त्व दिने गरिएकोमा नोकियाले बोथी नामबाट नयाँ ट्रेण्ड स्थापित गर्न खोजेको छ । यो फोनको अर्को महत्वपूर्ण फिचर इशय ब्गमष्य पनि हो । यसमा तिनवटा माइक्रोफोन छन् जसले ३६० डिग्री आवाज क्याप्चर गर्दछ । ओजो नोकियाको महंगो रियालिटी क्यामरा हो जसलाई हलिउड फिल्म स्टुडियोहरुले प्रयोग गर्ने ग्रेका छन् । नोकिया एटमा सोही प्रविधि प्रयोग गरिएको छ ।

नोकिया एटमा ५.३ इन्चको क्यूएचडी डिस्प्ले रहेको छ । पछाडि पट्टि १३ मेगा पिक्सेलका डुअल क्यामरा छन् भने फ्रन्ट क्यामरा पनि १३ मेगापिक्सेलकै छ । यो फोन विभिन्न चार रंगमा उपलब्ध हुनेछ ।

नोकिया एटमा गुगलको सबैभन्दा पछिल्लो एन्ड्रोइड अपरेटिंग सिस्टम एन्ड्रोइड ओको प्रयोग हुनेछ । नोकिया एटमा विशुद्ध एन्ड्रोइड रहनेछ र अपरेटिङ सिस्टम सफ्टवेयरमा कुनैपनि मोडिफाइ गरिनेछैन ।

नोकिया एटमा आल्मुनियम बडी रहनेछ । नोकियाले फोटो र भिडियोका लागि गुगल फोटोजका माध्यमबाट अन लिमिटेड स्टोरोज प्रदान गर्ने बाचा गरेको छ । यसमा क्वालकोमको लेटेस्ट प्रोसेसर स्नापड्रागन ८३५ प्रयोग गरिएको छ भने ४ गिगाबाइटको र्याम रहेको छ । ६४ जिबीको इन्टर्नल मेमोरी रहेकोमा त्यसलाई माइक्रो एसडी कार्ड मार्फत २५६ जिबी सम्म बढाउन सकिन्छ ।

३०९० मिलि एम्पियर आवर क्षमताको ब्याट्रीले क्विक चार्जिंग सपोर्ट गर्दछ । यो फोनमा फोर जी एलटीइ नेटवर्क पनि चल्दछ ।

यो फोनमा फिंगरप्रिन्ट स्क्यानर रहेको छ । सिंगल र डुअल सिम दुबै मोडेलमा यो स्मार्टफोन उपलब्ध हुने बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment