Comments Add Comment

प्रधानमन्त्रीको भ्रमण टोलीमा एमालेका दुई सांसद

७ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा १४ सांसद पनि परेका छन् । यो टोलीमा प्रमुख विपक्षी दल नेकपा एमालेका दुई सांसद पनि छन् ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण टोलीमा एमालेबाट सांसद भूपेन्द्र थेबे र सीता गिरी वली परेका छन् । ‘पार्टीले संस्थागत रुपमा नै पठाएका हौं’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अनलाइनअबरसँग भने, ‘५ गते संसदमा भेट्दा नाम पठाइदिनुपर्‍यो  भनेपछि हामीले उहाँहरुलाई पठाएका हौं ।’

भ्रमण टोलीमा माओवादीबाट अजयशंकर नायक, संघीय समाजवादी फोरमबाट अभिशेकप्रताप साह, फोरम लोकतान्त्रिकबाट पवनकुमार शारदा र नेकपा संयुक्तबाट जयदेव जोशी छन् ।

बाँकी ८ सांसद भने सत्तारुढ कांग्रेसका छन् । कांग्रेसबाट ईश्वरी न्यौपाने, अनिलकुमार रंगाटा, एनपी साउद, उमेश श्रेष्ठ, रञ्जित कर्ण, सीतराम भण्डारी र रश्मी ठाकुर छन् ।

भ्रमण टोलीमा सहभागी सबै सांसदलाई होटल ताजमानसिंहमा बस्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment