Comments Add Comment

संसदमा ४४ बिधेयक अलपत्र

८ भदौ, काठमाडौं । संसदमा ४४ वटा विधेयक अडि्कएका छन् ।

संसद्को समयावधि पाँच महिना मात्र बाँकी रहँदा ०७१ मा दर्ता भएका १२, ०७२ का ३, ०७३ का २२ र ०७४ का सातवटा विधेयक अलपत्र छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

१२ माघ ०७० को पहिलो अधिवेशनदेखि नयाँ संविधान घोषणापछि रूपान्तरित संसद्को तेस्रो अधिवेशन जारी रहँदासम्म १ सय ४१ वटा विधेयक दर्ता भएका थिए ।

जसमध्ये चार वर्षमा ७५ वटा कानुन बनेका छन् भने १० वटा विधेयक संसद्बाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छन् ।

८ वटा विधेयक फिर्ता भएका छन् भने ४ वटा विधेयक अस्वीकृत भएका छन् ।

हाल निर्वाचनसम्बन्धी विधेयकले संसदीय गतिविधिमा प्राथमिकता पाइरहेका छन् ।

अडि्कएका ४४ विधेयकमध्ये ७ माघसम्म नटुंगिएका विधेयक स्वतः खारेज हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment