Comments Add Comment

एनआइसी एशियाका कर्मचारी जानबी कोर्समा संलग्न हुने

२ असोज, काठमाडौं । एनआईसी एशिया बैंकका ३ सय ८८ जना कर्मचारीहरुलाई जानबी कोर्समा संलग्न गराउने गरि बैंक र नेशनल बैंकिङ ईन्ष्टिच्युटबीच (एनबीआई) सम्झौता भएको छ ।

सम्भौतापत्रमा बैंककातर्फ बाट सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एनबीआइका कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका छन् ।

बैंकिङ क्षेत्रमा नै यति ठूलो संख्यामा जानबी कोर्ष गराउने पहिलो बैंक नै एन आई सी एशिया बैंक भएको बैंकको दाबी छ । यस सम्झौता अनुरुप बैंकले एनबीआइद्वारा संचालन गरिने विभिन्न तालिम तथा कार्यक्रमहरुमा विशेष छुट समेत पाउनेछ । जानबी सर्टिफिकेसन कोर्स गर्नेले स्वःअध्ययन गरि एनबीआइद्वारा लिने परिक्षाहरु उत्तिर्ण गर्नु पर्ने हुन्छ । त्यस्ता परीक्षाहरु वर्षमा जून र डिसेम्बर महिनामा गरी दुई पटक सञ्चालन गर्ने गरेको एनबीआइले जानकारी गराएको छ । त्यस्तो परिक्षा उत्तिर्ण गर्नेहरुलाई सर्टिफिकेट दिने गरेको र हालसम्म देशमै ३ सय ४८ जना मात्रै जानबी सर्टिफाईड बैंकरहरु रहेको एनबीआइ उल्लेख गरेको छ ।

बैंकले लर्निङ एण्ड डेभलपमेन्ट एक्टिभिटिजलाई थप गतिशिलता प्रदान गर्नको लागि एक छुट्टै विभागको स्थापना गरेको छ । बैंकले निकट भविष्यमा लर्निङ एण्ड डेभलपमेन्ट एकाडेमीको स्थापना गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment