+
+
Shares

न्युनतम तलव कार्यान्वयन गराउन मलेसियामा अन्तक्रिया (फोटोफिचर)

क्वालालम्पुर । आप्रवासी कामदारहरुको न्युनतम तलवलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सम्वन्धमा मलेसियामा रहेको एक गैरसरकारी संस्थाको आयोजनामा एक दिने अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । क्वालालम्पुरको होटल शाह भिलेज पिजेमा आइतवार मानवअधिकार तथा आप्रवासि कामदारहरुको पक्षमा काम गर्दै आइरहेको साहावार वनिता संस्थाको आयोजनामा कार्यक्रम भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ९ गते ११:४१

रामचन्द्र नेपाल

क्वालालम्पुर । आप्रवासी कामदारहरुको न्युनतम तलवलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सम्वन्धमा मलेसियामा रहेको एक गैरसरकारी संस्थाको आयोजनामा एक दिने अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । क्वालालम्पुरको होटल शाह भिलेज पिजेमा आइतवार मानवअधिकार तथा आप्रवासि कामदारहरुको पक्षमा काम गर्दै आइरहेको साहावार वनिता संस्थाको आयोजनामा कार्यक्रम भएको हो ।a

कार्यक्रममा वोल्दै तानागानिताका संस्थापक अध्यक्ष डा.आईरिन फर्नाण्डेजले मलेसियन सरकारले आप्रवासि कामदारहरुको तलव वृद्धि गर्ने काममा विभिन्न आलटाल गरिरहेको कारण समस्या परिरहेको वताउँदै आगामी दिनहरुमा सवै मिलेर अगाडि वढनु पर्नेमा जोड दिनुभयो । उनले भने,’न्युनतम तलव वढाएको वहानामा कामदारहरु वाट कुनै पनि शिर्षकमा रकम काट्न पाइदैन ।’

कार्यक्रममा वार काउन्सिल मलेसियाका एक्जुकेटिभ अफिसर सुमिथाले कामदारहरुको समस्या भएमा कानुनी लडाईको निम्ति कागजपत्रहरु जरुरी हुने भएकाले त्यस्ता कागजपत्रहरु प्रकृयावद्ध तरिकाले राखेको खण्डमा कानुनी रुपमा जान सजिलो हुने कुरामा जोड दिनु भयो ।एमटियुसिका सेलाङर सचिव मि गोपालले आउटसोर्सिङ कम्पनीहरुवाट वढि समस्या आईरहेको कारण सरकारले उचित पहल चाल्नु पर्नेमा जोड दिनु भयो । उनले भने,’आउट सोर्सिङमा आउँदा कुन कामदार कुन कम्पनीमा काम गरिरहको छ । त्यो समेत थाहा पाउन समस्या हुने गरेकाले अझ समस्या वढ्दै गइरहेको छ ।’b

कार्यक्रममा वोल्दै आईएलओ मलेसियाका प्रतिनिधि मिस एनीले विदेशी तथा स्वदेशी सवै कामदारहरु आईएलओको लागि समान भएकाले कामदारहरुलाई परेको समस्याको समाधानको पहलमा आफुहरु गंभिर भएर सधै लागिरहने वताउनु भयो । जारिङगान पकर्जा मलेसियाका प्रतिनिधि माधवीले न्युनतम तलव पाउनको लागि सवै कामदारहरु सचेत र संगठित हुनु पर्नेमा जोड दिनु भयो ।c

कार्यक्रममा वोल्दै प्रगतिशिल प्रवासि श्रमिक मन्च मलेसियाका अध्यक्ष मानसि गोयला, महासचिव प्रेम पाण्डे,कोषाध्यक्ष माधव सिग्देलले नेपाली कामदारहरुले न्युनतम तलव माग्दा कामदारहरुलाई यातना दिने,नेपाल समेत फिर्ता गराईदिने, होस्टलको वहानामा रकम समेत काट्ने गरेका केहि तथ्थहरु कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा मलेसियन, नेपाली,वंगलादेशी ,म्यानमार,इण्डोनेसिया लगायत अन्य देशहरुका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।d

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?