+
+
Shares

हङकङमा ‘सहारा साँझ’ (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १० गते ९:१०

जोर्डन । हङकङमा ‘सहारा साँझ हङकङ २०१३’ भव्यताका साथ सम्पन्न भएको छ । साँझ सहारा क्लव हङकङको आयोजनामा जोर्डनस्थित सिमसाइ सुईहलमा आइतबार सम्पन्न भएको हो । सहारा क्वल पोखराको सहारा एकेडेमीको सहयोगार्थ आयोजित साँझमा दोहोरी गायक जिवन दाहाल, दोहोरी गायिका काजल गुरुङ, सुगम गायिका समला राई, बाल कलाकार प्रेम परियार, गायक विवेक श्रेष्ठले आफ्नो प्रस्तुती राख्नु भएको थियो ।1

सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङले सोचेको भन्दा पनि उल्लेख रुपमा दर्शकको उपस्थिति रहेको बताउनुभयो ।उहाँले कार्यक्रमबाट बचेको रकम सहारा क्लव पोखरालाई निकट भविश्यमा हस्तान्तरण गर्ने पनि बताउनुभयो ।सहारा क्लव युकेका नविन गुरुङले हङकङको कार्यक्रमले आफुहरुलाई वेलायतमा कार्यक्रम गर्न उत्साह थपेको बताउनुभयो ।2

सहारा क्लव पोखरा अध्यक्ष विक्रम थकालीले सबैका सहयोगले नै कार्यक्रम सफल भएको बताउँदै हङकङबासी सम्पूर्ण नेपालीलाई धन्यवाद दिनुभयो । सहारा हङकङ साँझमा सहभागि हुन पोखराबाट थकालीको नेतृत्वमा दोहोरी गायक जिवन दाहाल, दोहोरी गायिका काजल गुरुङ, सुगम गायिका समला राई, बाल कलाकार प्रेम परियार,बरिष्ठ फोटो पत्रकार सुर्दशन रञ्जित, उद्घोषक रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ बुधबार त्यसतर्फ जानु भएको थियो । यस्तै लण्डनबाट गायक विवेक श्रेष्ठ र सहारा क्लवका यूकेका अध्यक्ष नविन गुरुङ हङकङ पुग्नु भएको थियो ।

3

4

5

6

7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?