Comments Add Comment

इन्टरनेट प्रयोगकर्तामा भारतले पछार्यो जापानलाई

विश्वमा स्मार्टफोनको तेश्रो ठूलो बजारको रुपमा स्थापित भैसकेको भारत इन्टरनेट प्रयोगकर्ताको संख्याको आधारमा पनि तेश्रो नम्बरमा उक्लिएको छ । कम स्कोर नामक संस्थाको पछिल्लो रिपोर्ट अनुसार जापानलाई पछि पार्दै भारत बढि इन्टरनेट प्रयोगकर्ता भएका मुलुकमध्ये तेश्रो स्थानमा चढेको हो । इन्टरनेट प्रयोगकर्ताको संख्याको हिसाबले चीन पहिलो र अमेरिका दोश्रो स्थानमा रहेको छ ।

india-internet (1)

इण्डिय डिजिटल फ्युटर इन फोकस २०१३ नामक प्रतिवेदन अनुसार भारतमा अहिले ७ करोड ३९ लाख मानिसले घर वा कार्यालयमा अनलाइन सेवाको उपभोग गरिररहेका छन् । भारतमा इन्टरनेट प्रयोगकर्ताको वाषिर्क वृद्धिदर ३१ प्रतिशत पुगेको रिपोर्टमा उल्लेख गरिएको छ । एसिया प्रशान्त क्षेत्रका ६४ करोड ४० लाख इन्टरनेट प्रयोगकर्ता मध्ये चिनियाहरुले ५४ प्रतिशत ओगटेका छन् । भारतले ११.५, जापानले ११.४, दक्षिण पूर्वी एसियाले ९.६ र एसिया प्रशान्त मुलुकका अन्य देशले समग्रमा १३.५ प्रतिशत हिस्सा ओगटेका छन् ।

तथ्यांक अनुसार युवा इन्टरनेट प्रयोगकर्तामा भारत एक नम्बरमा छ । भारतका इन्टरनेट प्रयोगकर्ता मध्ये ७५ प्रतिशत ३५ वर्षमुनिका छन् । त्यस्तै भारतको हकमा इन्टरनेट चलाउने जनसंख्या मध्ये ३९ प्रतिशत महिला रहेका छन् ।

विश्वमा इन्टरनेट प्रयोगमा लैंगिक अनुपातको हिसाबलेे रुस अग्रस्थानमा छ । रुसमा इन्टरनेट चलाउने जनसंख्या मध्ये ५२ प्रतिशत महिला छन् । यस्तो संख्या ब्राजिलमा ४९, चीनमा ४५ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment