Comments Add Comment

कतारमा साँस्कृतिक शुभकामना साँझ हुने

रवि रोषी

 दोहा । नेपालीहरुको महान पर्व दशै र मुस्लिमहरुको पवित्र महान पर्व इद उला अधाको अवसर पारेर कतारमा भव्य साँस्कृतिक कार्यक्रम शुभकामना साँझ २०१३ आयोजना हुने भएको छ । डि.बि. सुनाम संयोजक रहेको सो कार्यक्रममा सह संयोजकमा सन्ध्या ग्रुप अलखोर रहेको छ ।

 कतारको मल अफ एसिया प्रायोजक रहेको सो कार्यक्रममा नेपाली चलचित्र जगतमा विशेष पहिचान बनाउन सफल राजेश हमाल सो प्रायोजकको रुपमा रहेको मल अफ एसियाको ब्राण्ड एम्बेसडरमा पनि चयन गरिएको छ । कतारमा हालै मात्र सञ्चालनमा आएको मल अफ एसियाले कतारमा रहने नेपालीहरुको कला प्रतिको रुचिलाई मध्यनजर गर्दै सोही अवसरमा शुभकामना साँझ साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।

 दर्शकहरुको कला प्रतिको मोह र आर्थिक व्ययलाई ध्यानमा राख्दै शुभकामना साँझ २०१३ कार्यक्रमको प्रवेश शुल्क न्युनतम राख्ने भएको छ भने टिकटको अर्धकट्टी लिएर उक्त मलमा दैनिक उपभोगको सामान खरिद गर्न गएमा बिशेष छुट दिने पनि जानकारी गराएका छन् । शुभकामना साँझ २०१३ को सो कार्यक्रममा नेपालबाट महानायक राजेश हमालको साथमा नृत्यकार गजित बिष्ट, नायिका प्रियंका कार्की, नायिका सुमिना घिमिरे, गायिका आस्था राउत, हास्य कलाकार शैलेन्द्र सिंखडा, गायक शिव परियार र कार्यक्रम सञ्चालनको लागि मोडल कला सुब्बा लगायत मैथिली तथा भोजपुरी गायिका तथा नृत्यांगनाहरुको पनि विशेष प्रस्तुती रहने कुरा आयोजक सुनामले बताएका छन् ।

 इदको पहिलो दिन इण्डियन आइडल स्कुल र दोश्रो दिन अल मिस्नाद अलखोरमा प्रदर्शन गरिने सो कार्यक्रमको टिकट दर भने ४० रियाल मात्र रहेको पनि आयोजकले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment