१३ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका केही निर्धारित खुला स्थानमा गहिरा ट्युबवेलहरूको निर्माण गरिने भएको छ । ट्युब वेल निर्माणसम्वन्धमा अमेरिकी दूतावास र सशस्त्र प्रहरीबलबीच मंगलबार सम्झौता भएको छ ।
भविष्यमा विपद् आएको खण्डमा सशस्त्र प्रहरीबलले यी ट्युबवेलहरूमार्फत विस्थापित मानिसहरूलाई सफा खानेपानी उपलब्ध गराउन सक्ने छ । गहिरा ट्युब वेलहरूको निर्माणमा नेपाली ठेकेदार र निर्माण कम्पनीहरू संलग्न हुनेछन् ।
एउटा ट्युबवेलको निर्माण लागत करिव १ लाख ७५ हजार डलर रहेको छ । छ देखि सातवटा गहिरा ट्युबवेलको निर्माण गरिने योजना रहेको छ । निर्माण कार्य नोभेम्बरमा शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4