+
+
Shares

गोरखा संग्रहालय हेर्ने साठी हजार

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते ५:०३

१४ भदौ, गोरखा । गत आर्थिक वर्षमा करिब ६० हजार जनाले गोरखा सङ्ग्रहालय अवलोकन गरेका छन् ।

सार्क राष्ट्रका ३८, तेस्रो मुलुकका ८ सय ८८, नेपाली २१ हजार ३ सय ३० र विद्यार्थी ३७ हजार ६ सय ४६ गरी ५९ हजार ९ सय ४० जना पर्यटकले गोरखा सङ्ग्रहालय अवलोकन गरेका हुन् । पाँच वर्षअघि सर्वसाधरणका लागि खुला गरिएको गोरखा सङ्ग्रहालय अवलोकन गर्न आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको सङ्ग्रहालय प्रमुख करुणा राईले बताउनुभयो ।

पर्यटक बढेसँगै सङ्ग्रहालयको आम्दानीसमेत बढेको छ । विद्यार्थीका लागि पाँच, नेपालीका लागि १०, सार्क राष्ट्रका नागरिकका लागि २० र विदेशी नागरिकका लागि ५० रुपैयाँ प्रवेश शुल्क लाग्ने गरेको छ । सङ्ग्रहालयले गत वर्ष पाँच लाख २६ हजार ९ सय ५५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?