१४ भदौ, काठमाडौं । विदेशमा रहेका नेपालीहरुले कमाएको रेमिट्यान्स नेपाल भित्राउँदै आएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले मलेसियामा रहेको युनिक एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । युनिक एक्सचेञ्जको क्वालालम्पुरस्थित केन्दि्रय कार्यालयमा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र युनिक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत समादि बिन कस्मुरीले संयूक्त हस्ताक्षर गर्नुभयो ।
क्वालालम्पुरमा केन्दि्रय कार्यलय रहेको युनिक एक्सचेन्जका मलेसियामा आठवटा शाखा कार्यालय रहेका छन् । जापान, अमेरीका, क्यानडा, इटली, साउदी अरब, कतार लगायत विश्वका अधिकंाश ठाउँहरुब्ााट छिटो बिश्वसनीय रेमिट्यान्स सेवा प्रदान गर्दै आएको सिटीले मलेसियामा कारोबार बिस्तार गर्ने क्रममा युनिक एक्सचेन्जसंग सम्झौता गरेको हो ।
सम्झौतापछि युनिक एक्सचेन्जको माध्यमबाट मलेसियामा रहेका नेपालीहरुले पठाएको रकम सिटी एक्सप्रेस मनि ट्रान्सफरका मुलुकभरका करिव २ हजार ५ सय आधिकारीक भुक्तानी केन्द्र, तथा देशका अधिकांश ‘क’ बर्गका बैंक, बिकास बैंक, फाईनान्स कम्पनी लगायत बाट पनि सेवा लिन सकिने छ ।
प्रतिक्रिया 4