+
+
Shares

नवनियुक्त भारतीय राजदूतले जिम्मेवारी सम्हाल्दै

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १९ गते १:४२

१९ भदौ, काठमाण्डौ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत रन्जित रेले आफ्नो जिम्मेवारी सम्हाल्नु हुने भएको छ । बुधवार राष्ट्रपति डाक्टर रामवरण यादवसमक्ष ओहोदाको प्रमाण पत्र पेश गरेपछि रेले औपचारिकरुपमा आफ्नो जिम्मेवारी सम्हाल्नु हुने छ ।

राजदूत रेले मध्यान्ह शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्ने कार्यक्रम रहेको काठमाण्डौस्थित भारतीय दूतावासले जनाएको छ । रे कार्यभार सम्हाल्न गत सोमबार काठमाण्डौ आउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?