+
+
Shares

बेलबारी घटनाको भिडियो खिच्ने दुई पत्रकार धरौटीमा छुटे

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १९ गते ५:१५

१९ भदौ, काठमाडौं । मोरङ बेलबारीमा माया सार्कीमाथि गाली बेइज्जतीका साथै कालोमोसोसमेत दलेर गरिएको दुव्र्यवहारको फोटो र भिडियो खिचेको आरोप लागेका दुई पत्रकारलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छोडेको छ ।

अतिरिक्त न्यायाधीश अर्जुन अधिकारीको इजलासले मोफसलका पत्रकार नरेन्द्र बस्नेत र भोजराल बस्नेतलाई जनही १५ हजार धरौटी बुझाई तारेकमा उपस्थित हुन आदेश दिएको हो । घटनामा पत्रकारद्वय बस्नेतले अपमानजनक किसिमले फोटो र भिडियो खिचेको आरोप लगाउँदै पीडित पक्षका प्रतिनिधि मनोज विश्वकर्माले भदौ ७ गते मुद्दा दायर गर्नुभएको थियो ।

गत साउन ७ गते जीवन भेटवाललगायतका व्यक्ति भेला भई जातीय भेदभावको नाममा अपशब्द बोल्नुका साथै गालीगलौज गरेर कालोमोसो र जुुत्ताको मालासमेत लगाएको अवस्थामा ती पत्रकारले घटनास्थलमा उपस्थित व्यक्तिहरुलाई उक्साएर फोटो र भिडियो खिचेका अभियोगपत्रमा उल्लिखित छ । पत्रकारद्वय बस्नेतले ती फोटो र भिडियो आफ्ना सहमति बिना जातीय विद्वेष फौलाउने र चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न पत्रपत्रिका तथा विद्युतीय सञ्जालमा आफूखुशी प्रसारण गराई विद्युतीय कारोबार अन्तरगतको अपराध गरेको आरोप लगाइएको थियो ।

नेपाल प्रेस युनियनको सहयोगमा नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी सङ्घसँग आबद्ध १६ कानुन व्यवसायीले आरोपित पत्रकारलाई साधारण तारेकमा छुटान बहस गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?