+
+
Shares

जनताको अधिकार खोसिए हतियार उठ्छ : विप्लव

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २० गते १०:१८

२० भदौ बिराटनगर । नेकपा-माओवादी वैद्य समुहका सचिव नेत्रविक्रम चन्द विप्लवले चुनावको नाममा जनताको अधिकार खोस्ने षडयन्त्र भए हतियार उठाउने उद्घोष गर्नुभएको छ ।

चार वर्षसम्म संविधान बनाउन नसक्ने चार दलले शान्ति र संविधानको नाममा अहिले आएर चुनाव लाद्ने षडयन्त्र गर्न लागेको भन्दै चन्दले बिसाएको हतियार उठ्न सक्ने चेतावनी दिनुभएको हो ।

राष्ट्रिय युवा जनस्वयंसेवक मोरङले बिहीबार बिराटनगरमा आयोजना गरेको युवा मार्चपास कार्यक्रमलाई सम्वोधन गर्दै विपल्वले आफुहरुले पनि शान्ति चाहेकाले जनमुक्ति सेनालाई क्यान्टोनमेनमा राखेको बताउँदै यदि चुनावको वहानामा जनताको अधिकार खोस्ने प्रयास गरिन्छ भने उनीहरुविरुद्ध हतियार उठ्ने बारबार दोहोर्‍याउनुभयो ।

संविधान सभाको निर्वाचन बहिष्कार गरांै भन्ने नाराका साथ विराटनगरमा बिहीबार कोणसभा अघि विप्लवको नेतृत्वमा युवा मार्चपासको आयोजना गरिएको थियो । मार्च पासमा लाठीसहित प्रर्दशन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?