+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्कटल्यान्डमा तीज बिशेष कार्यक्रम स्म्पन्न (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २१ गते ७:१४

 स्कटल्यान्ड । स्कटल्यान्डमा सक्रिय रुपमा क्रियाशिल नेपाली संस्था अर्गनाईजेसन फोर नेपलिज कल्चर एन्ड वेलफेयर (ओएनसिडब्लु) को आयोजनामा भब्य रुपमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा चर्चित लोक गायिका सुनिता दुलाल र स्कटल्यान्डका लागि नेपाली कन्सल जनरल श्रीमती सुनिता पोद्दारलाई जेष्ठ नागरिक श्रीमती सोमा घिमिरेले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो।1

कार्यक्रममा मन्तब्य ब्यक्त गर्नु हुँदै स्कटल्यान्डकालागि नेपालका अबैतनिक दूत श्रीमती सुनिता पोद्दारले स्कटल्यान्डको नेपाली समुदायको सेवाको लागि आफूले सक्दो सहयोग गर्ने बताउनु भयो। उहाँले नेपाली समुदायमा कुनै समस्या भए आफुलाई संपर्क गर्न समेत अनुरोध गर्नु भयो।2

 कार्यक्रममा स्थानिय कलाकारहरूले आकर्षक तीज नृत्य प्रस्तुत गरेका थिए भने गायिका सुनिता दुलालले करिब दुई घण्टा सम्म सहभगीहरुलाई लोक गीत र तीज गीतमा नचाएका थिए। आयोजक संस्था ओएनसिडब्लुका अध्यक्ष दीपेश रेग्मीले बिदेशमा बसेतापनि नेपालका कलाकारहरूसँग आफ्नो संस्कृतिमा रमाउन संस्थाले यस्ता कार्यक्रमहरू आयोजना गरिरहने जानकारी दिनु भयो।

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?