२२ भदौ, काठमाडौं । अष्ट्रेलियामा भएको आम निर्वाचनमा विपक्षी नेता टोली एबटको लिबरल गठवन्धनले जित हात पारेको छ । साथै प्रधानमन्त्री केविन रड्डले आम चुनावमा हार स्वीकार गर्नु भएको छ ।
२ तिहाई भोटको गणना भएको छ र विपक्षी गठवन्धनले सरकार बनाउन बहुमत पाइसकेको बीबीसीले जनाएको छ । वर्तमान प्रधानमन्त्री एवं लेबर पार्टीका नेता रड्डले एबटलाई फोनमार्फत जितको बधाई दिएका छन् । शनिबार नै मतदान भएको थियो । चुनावमा अर्थ व्यवस्था, इमिग्रेशन र विवादास्पद कार्बन ट्याक्स मुख्य मुद्दा थिए ।
अष्टे्रलियाको कानून अनुसार १८ वर्षभन्दा माथिका नागरिकले अनिवार्य मतदान गर्नुपर्छ । केविन रड्ड तत्कालिन प्रधानमन्त्री जूलिया गिलार्डलाई लेबर पार्टीको नेताको चुनावमा हराएर प्रधानमन्त्री बन्नु भएको थियो । गिलार्डले २०१० मा यस्तै चुनावमा रड्डलाई हराएर प्रधानमन्त्री बन्नु भएको थियो ।
प्रतिक्रिया 4