+
+
Shares

सानिमाले १० प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २३ गते ६:२६

२३ भदौ, काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ ।

sanima-bank

बैंक सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत गराई आगामी साधारणसभाबाट अनुमोदन गर्नुपर्छ ।

बैंकको सेयर मूल्य २५० रुपैयाँको हाराहारी रहेको छ । यस आधारमा सेयरधनीले वास्तविक लाभ प्रतिकित्ता बराबर २२ रुपैयाँ लाभ पाउने छन् । बैंकको चुक्ता पुँजी दुई अर्ब पुगिसकेको छ ।

गैरआवासीय नेपालीहरुको लगानी रहेको सानिमा बैंकले आर्थिक वर्ष २०६९र०७० मा प्रतिसेयर १५ रुपैयाँ आम्दानी हुने गरी ३० करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो अर्थिक वर्षमा आर्जन गरेको मुनाफा १२ करोड १७ लाख रुपैयाँको तुलनामा यो डेढ गुणाले बढी हो ।

बैंकले गत असारसम्म १७ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशतले बढी हो । त्यस्तै, कर्जा प्रवाह ५८ प्रतिशतले बढेर १५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसयर नेटवर्थ १ सय २० रुपैयाँ ७५ पैसा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?