२३ भदौ, काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।
म्याद थपसँगै अनुसन्धान प्रक्रिया सुरु भएको चितवन प्रहरीले जनाएको छ । शुक्रबार काठमाडौं बागबजारबाट पक्राउ परेका अधिकारीलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको थियो । अधिकारीको वि. सं. २०६१ साल जेठ २४ गते हत्या भएको थियो ।
कान्छो छोराको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै बाबुआमा आमरण अनशनमा बसेपछि सरकारले अनुसन्धान अघि बढाएको हो । रामप्रसाद पक्राउ परेपछि नन्दप्रसाद र गंगामायाले आइतबार विहान ४७ दिन लामा आमरण अनशन तोड्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4