२४ भदौ, झापा । झापाको चन्द्रगढीस्थित कारागारमा बन्दी जीवन बितारहेका एक व्यक्तिको मृत्यु भएको छ ।
महेशपुर-१ बस्ने २७ वर्षीय चन्द्र राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार खाना खाएको केहीबेरपछि बान्ता गर्न थालेपछि उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा भर्ना गरिएपछि उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
उक्त घटनापछि उनका परिवारजनले मृत्युका सम्बन्धमा तथ्य सत्य बाहिर आउनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने लगायत माग राखेपछि प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गर्नुभएको छ । कर्तव्य ज्यान मुद्दामा उनलाई जिल्ला अदालतले २०६७ साल मङ्सिर ३ गते कारागार चलान गरेको थियो ।
यसैबीच भद्रपुर-२ स्थित मेची नदीको बगरमा बालुवाले पुरिएको शव फेला परेको छ । मङ्गोलियन अनुहारको अन्दाजी ६० वर्षीय देखिने उनको साथबाट १ सय ५० रुपैयाँ फेला परेको छ । रासस
प्रतिक्रिया 4