+
+
Shares

जुवाडे र लागूऔषध कारोबारी सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २४ गते १०:३६

२४ भदौ, बिराटनगर । लागूऔषध कारोबार तथा विभिन्न आपराधिक क्रियाकलापमा संलगनलाई पक्राउ गरी मोरङ प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीको गस्ति टोलीले १४ जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पक्राउ परेका मध्ये धरानका २४ वर्षका सन्तोष लिम्वु र २० वर्षका राजेन्द्र लिम्बुले ठूलो मात्रामा लागू औषध बोकेको प्रहरीले जनाएको छ ।

sugar

सपिङ ब्यागमा राखेर ल्याएको अवस्थामा स्पासमोप्रोक्सिन प्लस लेखिएको लागु औषधप्रति पता २४ क्याप्सुल भएको ३ सय ७ बरामद गरेको छ । त्यसैगरी सात हजार तीन सय असी १ सय एम एल कोरेक्स ९३ थान र नाइटो्रसन २ सय चक्कीसहित उनीहरुले प्रयोग गरेको को ९ प २७१२ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामत गरेको छ ।

यसैगरी बिराटनगर प्रहरीले तीन ग्राम ब्राउन सुगरसहित बिराटनगर १७ वस्ने २६ वर्षका अजय यादवलाई पनि सार्वजनिक गरेको छ ।

जुवाडे पक्राउ

यसैवीच प्रहरीले बिराटनगर १४ स्थित ध्रुव पाण्डेका घरमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई नगद दुईलाख पैतालीस हजार दुई सय साठी रुपैया नेरु तथा सात हजार नौ सय चालिस रुपैया भारुसहित पक्राउ गरेको छ । उनीहरु लामो समयदेखि पाण्डेको घरमा जुवा खेल्ने गरेको स्थानीयको सुचनाको आधारमा छापा मार्दा प्रहरीले ६ बुक ताससहित उनीहरुलाई पक्राउ गरेपछि प्रहरीले उनीहरुलाई लागूऔषध कारोबारीसँगै सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?