+
+
Shares

मेरो उम्मेदवारी लुम्बिनीबाट : भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १५:१२

baburam bhattarai२५ भदौ,  भैरहवा । गौतम बुद्धको जन्मस्थल लुम्बिनी र यस क्षेत्रको बिकासका लागि आगामी संबिधानसभाको निर्वाचनमा आफूले अवधबाट उम्मेदारी दिन लागेको पूर्वप्रधानमन्त्री तथा एनेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले बताउनुभएको छ ।

लुम्बिनीखबर पत्रिकाको बाषिर्कोत्सव कार्यक्रममा भैरहवा आउनुभएका भट्टराईले जनयुद्धको १० बर्षको आठ वर्ष पश्चिमाञ्चलको नेतृत्व आफूले सम्हालेको बताउँदै लुम्बिनीमा आफ्नो सामीप्यता रहेको बताउनुभयो ।

यहाँको विकास अग्रगामी रुपमा अगाडि बढाउनका लागि पनि पार्टीले आफ्नो उम्मेदवारी यस क्षेत्रबाट दिन लागेको भट्टराईले जनाउनुभयो । भट्टराईले आर्थिक, राजनीतिक, सांस्कृतिक एवं धार्मीकरुपमा लुम्बिनी क्षेत्रको विकासका लागि आफ्नो पार्टीले केन्द्रीय स्तरका नेताको उपस्थिति यस क्षेत्रमा गराउन खोजेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?