Comments Add Comment

लोकगायक तीर्थ गन्धर्वको निधन

२८ भदौ, काठमाण्डौं । कुशल सारंगीबादक एवं लोकगायक तीर्थबहादुर गन्धर्वको निधन भएको छ । हृदयघातपछि अस्पताल भर्ना गरिएका गन्धर्वको शुक्रबार बिहान करिव दुई बजेतिर सैनिक अस्पताल छाउनीमा निधन भएको हो ।

Tirthaउहाँका निकट सहयोगी कृष्ण गन्र्धवले दिनुभएको जानकारी अनुसार बिहीवार हृदयघात भएपछि सुरुमा सिभिल हस्पिटल नयाँ बानेश्वर भर्ना गरिएको थियो । पछि सिभिलले आर्मीं अस्पताल रिफर गरेको थियो ।

२०१० सालमा तनहुँमा जन्मिनु भएका गन्धर्ब २ वर्षअघिसम्म रेडियो नेपालमा काम गर्नुहुन्थ्यो । ३२ बर्षसम्म गन्धर्वले रेडियो नेपालमा सारंगीबादकका रुपमा सेवा गर्नुभयो । ‘बल्ल पर्यो निरमाया माकुरी जालैमा’ र्गाएपछि गायकका रुपमासमेत चर्चामा आउनुभएका गन्धर्वले , आँधीखोला उर्लेर आयो’, आईएम सरी लगायतका सयौं गीत गाउनुभयो ।

उहाँको शवलाई श्रद्धाञ्जलीका लागि प्रज्ञा भवनमा राखिने र आजै दाहसंस्कार गरिने गायक बमबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका दुई श्रीमती, पाँच छोरा र ६ छोरी छन् ।

 यस्ता छन् उहाँका लोकप्रिय गीत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment