Comments Add Comment

शुक्रबार हलमा : ‘राजनीति’ र ‘ढुवानी’को गतिलो व्यापार, ‘होस्टेल’ तेश्रो सातामा

आजबाट प्रदर्शनमा आएका दुई चलचित्र ‘ढुवानी’ र ‘राजनीति’ले सकारात्मक सुरुवात गरेका छन् । बसन्त निरौला निर्देशित चलचित्र ‘राजनीति’ काठमाण्डौका अधिकांश हल सहित देशभर प्रदर्शनमा आएको छ । राजेश हमाल, कोमल वली, पवित्रा आचार्य, रमेश बुढाथोकीको साथमा निर्माता दिपक सुवेदीले अभिनय गरेको यो चलचित्रले नेपालको राजनीतिक अवस्थालाई चित्रित गर्न खोजेको छ ।rajneeti-duwani-and-hostelचलचित्रले बिहानी शो मा राम्रो सुरुवात गरेको भन्दै निर्देशक निरौलाले आफू अत्यन्त खुशी भएको बताए । यस्तै आजैबाट प्रदर्शनमा आएको चलचित्र ‘ढुवानी’ले पनि सुरुवाती व्यापार उत्साहजनक गरेको छ ।

निर्मात्री कविता श्रेष्ठले सिनेमाले बिहानी शोमा राम्रो सुरुवात गरेको भन्दै माउथ पब्लिसिटी राम्रो हुनेमा विश्वस्त रहेको बताइन् । सिनेमा हेरेर फर्किएका अधिकांश चलचित्रकर्मी तथा पत्रकारले पनि ‘ढुवानी’लाई राम्रो भनी प्रतिक्रिया दिएका छन् । पिताम्बर पाण्डेको निर्देशनमा तयार भएको यो चलचित्रले चेलिबेटी बेचबिखनको बिषयलाई प्रमुखताका साथ उठान गरेको छ ।

‘होस्टेल’ सिनेमाको व्यापारले तातेको सिने बजारलाई ‘ढुवानी’ र ‘राजनीति’ले अझै सल्काउने आशा गरिएको छ । यसैबिच चलचित्र ‘होस्टेल’ले आफ्नो उत्साहजनक व्यापारलाई कायमै राख्दै तेश्रो हप्तामा प्रवेश गरेको छ । सुनिल रावल निर्मित यो सिनेमाले २ सातासम्म निरन्तर आक्रामक व्यापार गरेको थियो । सिनेमाबाट निर्माता रावल फाइदामा पुगिसकेका छन् ।’ होस्टेल’ यो बर्षको अहिलेसम्मकै सफल सिनेमामा दहरिएको छ । चलचित्रले आफ्नो उत्साहजनक व्यापारको गतीलाई रोक्ने छाटकाँट देखाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment