+
+

आतङ्कवादविरुद्ध अमेरिकाले सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ८ गते २०:०१

८ असार, नैरोबी । केन्याले सञ्चालन गरेको आतङ्कवाद विरुद्धको प्रयासलाई तीव्र पार्न अमेरिकाले थप सहयोग गर्ने जनाएको छ ।

केन्याका लागि अमेरिकी राजदूत रोबर्ट एफ गोडेकले नैरोबीमा एक कार्यक्रममा स्थानीय राजनीतिक नेताहरुलाई आतङ्कवाद विरुद्धको चुनौती सामाना गर्न एकजुट हुन आहृवान गरे । आतङ्कवादी तथा अतिवादी विरुद्धको युद्धमा सफलता प्राप्त गरेपछि मात्र प्रजातन्त्र, न्याय, मानवअधिकार, विधिको शासन ,आर्थिक प्रगति हासिल गर्न सम्भव हुने उनको भनाइ छ ।

यस वर्षको सुरुतिर केन्याको पेकेटोनी सहरमा बेग्लाबेग्लै दुई ठाउँमा भएको आतङ्कवादी आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु हुनुको साथै अन्य थुप्रै घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?