Comments Add Comment

अब गुगलको आँखा कोठाभित्र

विश्व कता ढल्किरहेको छ र एक्काइसौँ सताब्दीका मानिसकेा चाहना के हो ? गुगललाई पहिल्यै थाहा हुन्छ । बजारमा कुन प्रविधिको भाउ छ र मानिसको चासो के मा छ भन्ने कुरा जानेर वस्तु तथा सेवा विस्तारमा खप्पिस इन्टरनेट जायन्ट गुगल अब तपाइँ हाम्रो बस्ने कोठाभित्रै छिर्दैछ ।

गुगलले सेक्युरिटी क्यामरा निर्माता कम्पनी ड्रपक्याम खरीद गरेसँगै अब गुगलका सिसिटिभी उपभोक्ताको घर कोठामा सजिने भएका छन् ।

गुगलले ५ सय ५५ मिलियन डलरमा ड्रपक्याम खरीद गर्ने सम्झौता गरिसकेको छ । ड्रपक्यामले वाइफाइ इन्टरनेटसँग जोडिएर डाटा प्रवाह गर्नसक्ने १५० डलरको क्यामरा निर्माण गर्दै आएको छ । हालै थर्मोस्टाट कम्पनी नेस्ट खरीद गरेको गुगलले ड्रपक्यामको खरीदसँगै आफ्नो बजार हिस्सा अझै विस्तार गर्ने लक्ष्य लिएको छ ।

google

गुगलमा समाहित भएको समाचारलाई नेस्ट र ड्रपक्यामले औपचारिक रुपमा पुष्टि गरिसकेका छन् ।

गुगलले आफ्नो बजारलाई नयाँ क्षेत्रमा विस्तार गर्ने क्रममा उच्च गतिको इन्टरनेट सेवाका साथै स्वचालित कार तथा रोबोटको निर्माण गरिसकेको छ । ३ अर्ब २० करोडमा नेस्ट कम्पनी खरीद गरेको गुगलले नेस्टबाटै तापक्रम सूचक थर्मोस्टाट मेसिन तथा धुवाँ सूचक स्मार्ट मेसिनको क्षेत्रमा समेत हात हालेको छ ।

घरायासी प्रयोगका मेसिन र इन्टरनेटबीच मर्जर भैरहेको वर्तमान अवस्थामा गुगलको नयाँ क्षेत्रमा प्रवेशलाई प्रविधि जगतमा महत्वका साथ हेरिएको छ । कतिपयले भने सर्वसाधारणका गोप्य सूचना संकलन गर्ने गुगलको भित्री योजनाको निरन्तरता भएको आरोप लगाएका छन् ।

गुगलले अहिले खरीद गरेको ड्रपक्याम मार्फत प्रयोगकर्ताले क्यामरा हार्डवेयर तथा सफ्टवेयरबाट कोठाभित्रै बसेर आफ्नो घर र अफिसको देखभाल गर्न सक्छन् । यसको क्यामरामा इमेल तथा स्मार्टफोन अलर्ट हुन्छ र यसमा उच्च सुरक्षा प्रबन्ध अपनाइएको हुन्छ । १४९ डलर पर्ने यो एच डी क्यामरामा ७२० पिक्सेल क्षमताका साथै, नाइट भिजन, दोहोरो सम्वादको सुविधा, डिजिटल जुम तथा क्लाउड रेकर्डिङ प्रणाली हुन्छ । जसमा प्रयोगकर्ताले पछिल्लो ३० दिनसम्मका डाटा प्राप्त गर्न सक्छन् ।

ड्रपक्याम क्लाउड सिस्टममा आधारित वाइफाइ भिडियो मनिटरिङ सेवा हो । यसमा निशुल्क लाइभ स्टि्रमिङ, दोहोरो संवादका साथै दूर दर्शन सुविधा समेत हुन्छ । विशेष एपको प्रयोग द्धारा प्रयोगकर्ताले लाइभ फिड, जुम तथा रेकर्ड गरिएका फुटेज हेर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment