Comments Add Comment

व्यापार तथा लगानी विस्तारमा चीन र नेपालका व्यवसायी सहकार्य गर्ने

Nepal-Chaina-Chember
११ असार, काठमाडौं । झेजियाङ फेडेरेशन अफ इन्डष्ट्रिज एन्ड कमर्स र नेपाल चाइन चेम्बर अफ कमर्श (एनसीसीसीआई)बीच नेपाल र चीनबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने सम्झौता भएको छ ।

दुई देशबीचको आर्थिक, व्यापारिक तथा लगानी विस्तार गर्ने उद्देश्यका साथ एनसीसीसीआईको सचिवालय कमलपोखरीमा बुधबार भएको अन्तरक्रिया कार्यक्रममा उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा झेजियाङको तर्फबाट उपाध्यक्ष वाङ झेङकियाङ र एनसीसीसीआएईका तर्फबाट राजेशकाजी श्रेष्ठले हस्ताक्षर गरे ।

अहिले झेजियाङ चेम्बरका उपाध्यक्ष झेङकियाङको नेतृत्वमा १० सदस्यीय सरकारी एवं व्यापारिक टोली नेपाल भ्रमणमा आएको छ । सहमतीपत्र अनुसार दुबै संस्थाले संयुक्त लगानी प्रवर्द्धन, व्यापार विस्तार एवं विविधिकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदान प्रदान गर्नेछन् ।

व्यापारिक प्रतिनिधि मण्डलको आदान-प्रदान मार्फत व्यापारिक सम्बन्धको विकास गरी विद्यमान व्यापारिक कठिनाइहरुलाई आपसी समझदारीमा समाधान गरिने भएको छ । साथै, आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका लागि दुवै मुलुकहरुमा हुने गोष्ठी, सभा, सेमिनारहरु आदि कार्यक्रमहरुमा सहभागि हुन एक आपसमा सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

एनसीसीसीआईका अध्यक्ष राजेश काजी श्रेष्ठले यस समझदारीबाट द्विपक्षीय आर्थिक तथा व्यापारिक प्रवर्द्धन गर्ने जम्मेवारी थपिएको बताए । अतिकम विकसित देशअन्तर्गत पर्ने नेपालमा लगानी गरि अन्य तेस्रो मुलुकमा निर्यात गर्दा करमा छुट हुने भएकोले लगानीका लागि उनले टोलीलाई आग्रह गरेका छन् ।

अध्यक्ष श्रेष्ठले नेपालमा गार्मेन्ट तथा सोलारमा लगानीका लागि समेत आह्वान गर्दै यहाँ लगानी गर्न इच्छुक लगानीकर्ताहरुलाई संघले सक्दो सहयोग गर्ने बताए । नेपाल चीन उद्योग वाणिज्य सघंमा विभिन्न व्यवसाय जस्तै जलस्रोत, पर्यटन, इलेक्ट्रोनिक्स्स, गार्मेन्ट, माइन, कृषि लगायतका व्यवसायीहरु रहेको हुँदा दुवै पक्षबीच सम्बन्ध विस्तार गरी लाभ लिन सकिने उनको भनाई थियो ।

झेजियाङ चेम्बरका उपाध्यक्ष झेङकियाङले द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्नेजस्तो महत्वपूर्ण मौका पाएकोमा आभार व्यक्त गरेका थिए । झेजियाङको मुख्य आकर्षण भनेको निजि उद्योग भएको र त्यहाँको जीडीपी ६ सय हजार बिलियन भएको जानकारी उनले दिए । आफुहरुको भ्रमणको मुख्य उदेश्य सम्बन्ध विस्तार भएको र त्यसलाई भविश्यमा मजवुत गरी दुवै पक्षले फाइदा लिन सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment