Comments Add Comment

राष्ट्रपतिले भने – नयाँ संविधान आधुनिक नेपालको प्रस्थानविन्दु

१५ असार, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सबैलाई समेटेर नयाँ संविधान निर्माण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै संविधान निर्माण कार्यलाई आधुनिक नेपालको प्रस्थानविन्दु हुने बताएका छन् ।

व्यवस्था संसदमा सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति डा. यादवले संविधानसभाको चुनाव शान्तिपूर्णरुपमा सम्पन्न गराएकोमा सबैलाई धन्यवाद दिँदै अब संविधान निर्माणमा ध्यान केन्दि्रत गर्न आग्रह गरेका छन् ।

‘अहिलेको प्रमुख काम संविधान निर्माण गर्नु हो, राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दै भने-‘आधुनिक नेपालको प्रस्तानविन्दु हो भन्ने मेरो विश्वास छ । सरकार सबैलाई समेटेर अगाडि बढ्ने छ ।’

स्थानीय चुनावको घोषणा

राष्ट्रपति यादवले यही आर्थिक वर्षभित्र स्थानीय निकायको चुनाव सम्पन्न गर्ने घोषणा गरेका छन् । नयाँ संघीय संरचनाहरु नबनुञ्जेल स्थानीय स्वशासनका लागि आगामी आर्थिक वर्षभित्र सरकारले स्थानीय निकायको चुनाव गर्ने बताएका हुन् ।

सत्य निरुपण आयोग शीघ्र गठन गरिने

त्यसैगरी वेपत्ता छानविन र सत्य निरुपण तथा मेलमेलिाप आयोग शीघ्र गठन गर्ने राष्ट्रपतिले नीति तथा कार्यक्रममार्फत् घोषणा गरेका छन् । शहीद एवं द्वन्द्वपीडितलाई राहत र क्षतिपूर्तिद्वारा सम्मान र सम्बोधन गर्ने कार्यक्रममा उल्लेख छ ।

मानव अधिकार एवं कानूनी शासनको प्रत्याभूति गराउने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अवलम्बन गरिने राष्ट्रपति यादवले घोषणा गरेका छन् । भ्रष्टाचारको जोखिममा रहेका क्षेत्र पहिचान गरी भ्रष्टाचार नियन्त्रणविरुद्ध निरोधात्मक उपाय अपनाइने उल्लेख छ । राष्ट्रिय सर्तकता केन्द्रंलाई सबल बनाइने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्रोत र सुविधा अभाव हुन नदिने नीति तथा कार्यक्रममा उल्लेख ।

राष्ट्रपति यादवले व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् । सधैं रित्तो देखिने व्यवस्थापिका संसद आइतबार सभासदहरुले खचाखच भरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment