Comments Add Comment

अर्गानिक एग्रो बजारमा कृषि वैज्ञानिकको भिडभाड

१९ असार, काठमाडौं । अर्गानिक उपजको दैनिक उपभोग, स्वच्छ र स्वस्थ जीवन जीउन सहयोग भन्ने नाराका साथ काठमाडौंको दरबारमार्गमा सञ्चालनमा आएको आएको अर्गानिक एग्रो बजारमा विभिन्न देशका कृषि वैज्ञानिकहरुले अवलोकन गरेका छन् ।

नेपाल भ्रमणमा रहेका विभिन्न देशका एक दर्जनभन्दा बढी कृषि बैज्ञानिकले बिहीबार अर्गानिक बजारको अवलोकन गरेको एग्रो बजारका अध्यक्ष धर्मराज श्रेष्ठले जानकारी दिए । भ्रमण टोलीमा कोरिया, मंगोलिया, लाओस, श्रीलंका, फिलिपिन्स, बगलादेश, थाइल्याण्ड र भियतनामका वैज्ञानिकहरुको सहभागिता रहेको उनले बताए ।

वंगलादेश, थाइल्याण्ड र भियतनामका बैज्ञानिकहरुले सहकार्य गर्नेर् बताएका छन् । उनीहरुले दुई देशबीच अर्गानिक वस्तुको उत्पादन र बजारीकरणका लागि सीप र प्रविधि आदान प्रदान गर्ने पनि बताएको अर्गानिक एग्रो बजारका प्रवक्ता विलबहादुर अधिकारीले जानकारी दिए ।

वंगलादेशका बैज्ञानिकहरुले आफ्नो देशको अर्गानिक बजारको अवलोकनका लागि आमन्त्रणसमेत गरेको उनले बताए । उनका अनुसार विषादीमुक्त खाद्य पदार्थका लागि नेपालमा पनि अर्गानिक बजारको विस्तार हुँदै गएकोमा उनीहरुले खुशी व्यक्त गर्दै आवश्यक सहयोग र सहकार्यको आश्वासन दिएका छन् ।

प्रांगारिक कृषि प्रवर्द्धन केन्द्रका अध्यक्षसमेत रहेका धर्मराज श्रेष्ठले अर्गानिक उत्पादनतर्फ किसानलाई आकषिर्त गर्ने उद्देश्यका साथ अर्गानिक उत्पादनको बजारीकरणका लागि अर्गानिक बजार सञ्चालनमा ल्याइएको जानकारी दिए ।

अर्गानिक एग्रो बजारमा तरकारी, मह, हर्बल उत्पादन, च्याउ, कफी, सिस्नु, खाद्यन्नलगायत १९ वटा स्टल रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रले एक गाउँ एक उत्पादन र एक जिल्ला एक उत्पादनको स्टल पनि समावेश गर्ने भएको छ । अर्गानिक बजारमा खासगरी पहाडी र उच्च हिमाली जिल्लाका उत्पादनहरू राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment