Comments Add Comment

ग्रोथ सेलर र इपिएबीच सम्झौता

२० असार काठमाडौं । मानव संसाधन विकासका क्षेत्रमा काम गर्दै आएको ग्रोथ सेलर्स प्रा.लि. र इपिए नेपालबीच मानव संसाधन सञ्चार दक्षता विकास तथा टेस्टिङ्गका लागि सम्झौता भएको छ ।

इपिएसँगको सहकार्यपछि इपिए टोइक टेस्टिङ प्रणलीमा संयुक्तरुपमा व्यक्तिगत र संस्थाहरुको अन्तराष्ट्रियस्तरको व्यवस्थापन र अंग्रेजीको मापन गरिने छ ।

टोइक टेस्टिङ प्रविधि विश्वका एक सय ५० देशका १४ हजार संस्थाहरुबाट कर्मचारीहरुको कम्युनिकेसन दक्षता मापन तथा कर्मचारी छनौट पद्दतीमा कम्युनिकेसन दक्षता तह निर्धाणका लागि प्रयोग गर्दै आएका छन् ।

इपिएसँगको सहकार्यमा इटिएस टोइक एक्सलेन्स सेरिज टक्स सञ्चालन गर्ने ग्रोथ सेलरका प्रवन्ध निर्देशक मोहन ओझाले जानकारी दिए । यो सेरिजले मानव संसाधन विकासमा उल्लेख योगदान पुर्‍याउने उनले बताए । उक्त टक्स सेरिज प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना गरिने ओझाले बताए । जसमा विभिन्न क्षेत्रका विज्ञहरुलाई स्रोत व्यक्तिकारुपमा प्रस्तुत गरिने छ ।

सेलरले २०६२ सालदेखि मानव संसाधन विकासको क्षेत्रमा काम गर्दै आएको छ । सुरुमा ४० संस्थामा रहेको मानव संसाधन विभाग हाल ४ सय ७० संस्थामा रहेको ओझाले बताए । ‘कम्पनीको रणनीति बनाउन मानव संसाधन विभागको ठूलो भूमिका हुन्छ’ उनले भने ।

आर्थिक पत्रकारलाई अंग्रेजी भाषाको तालिम दिने

सेलरले आर्थिक पत्रकारहरुलाई अंग्रेजी भाषाको तालिम गर्ने भएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनसँग सहकार्य गरी तालिम गरिने ओझाले जानकारी दिए । ‘समाजलाई डोर्‍याउने पत्रकारहरु अंग्रेजी भाषामा कमजोर देखिएकाले ट्रेनिङ दिन लागेका हौं’ उनले भने -पत्रकारको स्तर बढ्नु भनेको समाजको स्तर बढ्नु हो । सेलरले कर्पोरेट सोसियल रेस्पोन्सबिलिटी अन्तर्गत पत्रकारलाई अंग्रेजी भाषको तालिम दिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment