Comments Add Comment

बरालले गरे महाधिवशेनमा साबुनको प्रचार !

Guru-baral

२० असार, काठमाडौं । गुटको दस्तावेज पेश गरेको भन्दै एमालेको बन्दसत्रमा प्रतिनिधिहरुले हंगामा गरिरहेका बेला एमाले नेताहरुले निकालेका दस्तावेजमै व्यापारीहरुले विज्ञापनसमेत गर्न भ्याएका छन् ।

बन्दसत्र शुरु हुनुअघि दुबै गुटमा विभाजित भएका नेताहरुले निकालेका पुस्तक र दस्तावेजहरु प्रतिनिधिहरुलाई बाँडिएका थिए । एमालेले दिएको झोला नेताहरुले दिएका दस्तावेजले भरिएका थिए । तर, एकजना नेताले निकालेको दस्ताबेजमा साबुनको विज्ञापन छापेर पैसा कमाउने जुक्तिसमेत निकालिएको छ ।

एमाले केन्द्रीय सदस्य गुरु बरालले प्रतिनिधिहरुलाई वितरण गरेको सानो बुकलेटसँगै एउटा साबुन कम्पनीको विज्ञापनसहितको ब्रोसर प्रतिनिधहरुका हातमा परेको छ । ‘नवौं राष्ट्रिय महाधविशेनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि थप गर्नुपर्ने आवश्यक बिषय-सन्दर्भ’ हरु नामक अपीलका साथमा अल्फा साबुनको विज्ञापनगरिएको छ ।

बुकलेटमा अल्फा लुगा धुने साबुन, नुहाउने साबुन, एलजी हर्बल साबुन, अल्फा लुगाधुने सरफको तस्बीरसहितको बु्रसर प्रतिनिधिले पढ्न पाएका हुन् । ‘स्वस्थ र सुन्दर त्वचा एवम् दिनभर स्फूर्तिका लागि….’, एलजी सौन्दर्य साबुनको विज्ञापनमा भनिएको छ । त्यसैगरी एलजी हात धुने लिक्विडको विज्ञापनमा ‘राम्ररी हात धुनुहोस्, रोगबाट बच्नुस’ भनिएको छ ।

यो पनि पढ्नुस्

महाधिवशेनमा रमाइलो भइरहेको छ : एमाले प्रतिनिधि

एमाले नेतृत्वले कार्यकर्तासँग माफी माग्यो

एमाले बन्दसत्रमा कानेखुसी गर्न प्रतिवन्ध

एमालेलाई बाबुरामको सुझाव : नयाँ शक्ति बनाऔं

भागबण्डा नमिलेपछि एमाले महाधिवेशन प्रतिनिधि मनोनयन भाँडियो

बन्दसत्रको अध्यक्ष मण्डलमा नेपाल र ओलीको भागवण्डा

बरालले गरे महाधिवशेनमा साबुनको प्रचार !

कहीँ नभएको जात्रा एमाले महाधिवेशनमा देखियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment