Comments Add Comment

भकारो सुधार गर्न साढे १३ लाख अनुदान

agree-4
२२ असार, म्याग्दी  । म्याग्दीको सिङ्गा र बरङ्जाका किसानलाई भकारो सुधार गर्न करिब साढे १३ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।

जिल्ला कृषि विकास कार्यालय र सिङ्गा गाविस कार्यालयले २६३ घरधुरी किसानलाई भकारो निर्माण गर्न १३ लाख ३८ हजार २०० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । गुणस्तरीय कम्पोस्ट मल उत्पादन गरी जमिनको उर्वराशक्ति बढाउने उद्देश्यले परम्परागत भकारोलाई सुधार गर्ने किसानलाई अनुदान उपलब्ध गराएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७०/७१ देखि सुरु भएको यस कार्यक्रमअन्तर्गत सिङ्गाका १२५ र बरङ्जाका १११ घरधुरी किसानलाई पाँच हजार २०० रुपैयाँका दरले अनुदान उपलब्ध गराएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत पूर्णबहादुर बानियाले जानकारी दिए ।

यसैगरी हाल बेनी नगरपालिकाको सिङ्गा गाविसको कार्यालयले पनि आफ्नो सेवा क्षेत्रका कृषकलाई प्रतिघर एक हजार रुपैयाँका दरले थप अनुदान उपलब्ध गराएको वडा कार्यालयका सचिव चन्द्रदत्त शर्माले बताए । कार्यक्रमलाई आगामी वर्ष थप विस्तार गर्ने योजना रहेको बागबानी विकास अधिकृत बानियाले जानकारी दिए ।

कृषकका अनुसार तीनवटासम्म गाईवस्तु पाल्न सकिने क्षमताको भकारो सुधार गर्न १० देखि १२ हजार रुपैयाँ लगानी भएको छ । खुला ठाउँको मलखादबाट नाइट्रोजन नष्ट हुने तथा मूत्र खेर जाने गरेको अवस्थामा भकारो सुधार गरेपछि गुणस्तरीय मल उत्पादनमा सहयोग मिलेको किसानले बताएका छन् ।

पशुको बसाइ व्यवस्थापन गरी गुणस्तरीय कम्पोस्ट मलमार्फत कृषि उपजको उत्पादन बढाउने उद्देश्यले भकारो सुधार गरिएको सिङ्गा सुर्केमेलाकी कृषक सीता पौडेलले बताइन ।

कृषक पौडेलका अनुसार टयाङ्कीमा सङ्कलन गरिएको गाईवस्तुको मूत्रलाई तरकारी र अन्नबालीमा लाग्ने रोग कीरा नियन्त्रणका लागि उपयोग गर्न सकिने भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment