२३ असार, बनेपा । जिल्ला विकास समिति काभ्रेपलाञ्चोकको १० प्रतिशत योजना कार्यान्वयन भएको छैन ।
आर्थिक वर्ष २०७१/०७२ का लागि नयाँ बजेट आउने तयारी भइरहेका बेला आव ०७०/०७१ को उपभोक्ताबीचको विवाद, ठेकेदारले काम गर्न ढिलाइ गरेका कारण र निर्माण सामग्री ढुवानीका लागि बाटो बिग्रेका कारणले योजना कार्यान्वयन हुन नसकेको स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
कार्यान्वयन नहुने योजनामा भौतिक निर्माण, खानेपानी योजना, सडक, सफ्टवेयरको तालिमलगायतका एक दर्जन योजना रहेको जिल्ला विकास समिति काभ्रेपलाञ्चोकले जनाएको छ ।
सो कार्यालयका योजना अधिकृत अग्नीप्रसाद अधिकारीले टुकुचानालालगायत विभिन्न गाविसमा जिविसको योजना कार्यान्वयन नभएको जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4