+
+
Shares

यस्तो छ नेपालका छिमेकी मुलुकको आर्थिक वृद्धिदर

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २७ गते १४:४३

२७ असार काठमाडौं । नेपालको आर्थिक वृद्धिदर खुम्चिरहेका बेला छिमेकी राष्ट्रहरुको आर्थिक वृद्धिदर पनि उल्लेख्य रुपमा बढ्न सकेको छैन । विश्व अर्थतन्त्रमा मन्दीको प्रभाव न्यून हुँदै गएपनि दक्षिण एसियाली मुलुकहरु आफैंभित्रको संरचनागतलगायतका समस्याबाट ग्रसित हुँदा यस क्षेत्रको आर्थिक वृद्धिदर पनि उल्लेख्यरुपमा बढ्न नसकेको हो ।

सन २०१२ को तुलनामा सन् २०१३ मा दक्षिण एसियाली मुलुकहरुमध्ये मालदिभ्स र श्रीलंकाको आर्थिक वृद्धिदर बढेको छ भने अन्य सबै मुलुकको आर्थिक वृद्धिदर घटेको छ । सन २०१२ मा १४.० प्रतिशत रहेको अफगानिस्थानको आर्थिक वृद्धिदर सन २०१३ मा ३.६ प्रतिशतमा सीमित भएको छ । त्यस्तै सन २०११ मा ९.३ प्रतिशतले बढेको चिनीयाँ अर्थतन्त्र सन २०१२ र ०१३ मा दुवै वर्ष ७.७ प्रतिशतले मात्रै बढेको छ ।

देश २०११ २०१२ २०१३ २०१४ अनुमान २०१५ अनुमान २०१९ अनुमान
चीन ९.३ ७.७ ७.७ ७.५ ७.३ ६.५
भारत ६.६ ४.७ ४.४ ५.४ ६.४ ६.८
बंगलादेश ६.५ ६.१ ५.८ ६.० ६.५ ७.०
भुटान १०.१ ६.५ ५.० ६.४ ७.६ ८.०
श्रीलंका ८.२ ६.३ ७.३ ७.० ६.५ ६.५
अफगानिस्थान ६.५ १४.० ३.६ ३.२ ४.५ ५.६
पाकिस्तान ३.७ ४.४ ३.६ ३.१ ३.७ ५.०
मालदिभ्स ६.५ ०.९ ३.७ ४.२ ४.५ ४.८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?