Comments Add Comment

वेस्टर्न युनियनको चौथो बिजेता भइन् झरना थापा

Western-union
३२ असार, काठमाडौं । वेस्टर्न युनियनले ल्याएको साप्ताहिक पैसा दोब्बर योजनाको चौथो विजेता झरना थापा प्रसाईं भएकी छन् । चन्द्रगढी झापा निवासी थापाले ५० हजार रुपैयाँ हात पारेकी छिन् ।

उनले वेस्टर्न यूनियनको सब एजेन्टबाट यसै हप्ता रेमिटेन्स प्राप्त गरेकी थिइन । यस हप्ता वेस्टर्न यूनियनमार्फत रकम प्राप्त गर्ने सबै ग्राहकहरुलाई लक्की ड्रमा समावेश गरिएको थियो ।

योजना अन्तर्गत हरेक हप्ता वेस्टर्न युनियनको एमटीसिएन कोडबाट लक्की ड्र गरि बिजेतालाई आफुले पाएको रकम बराबरकै रकम दोब्बर गर्ने अवसर दिइन्छ । जसमा अधिकतम ५० हजार रुपैयाँ वा आफुले पाएको रकम बराबरको रकममध्ये जुन कम हुन्छ, त्यही उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । यको योजना २० हप्तासम्म चल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment