Comments Add Comment

जलस्रोत, कृषि र पूर्वाधारमा अष्ट्रियन लगानी भित्राउन अाग्रह

१ साउन, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे र नयाँ दिल्लीस्थित अष्ट्रियन राजदूतावासका ट्रेड कमिसनर डा. उलफ्राम मोरिजबीच भेटवार्ता भएको छ । महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा नेपालमा लगानीको सम्भावना र व्यवसायिक वातावरणका विषयमा छलफल भएको थियो ।

Fncciमहासंघ अध्यक्ष पाण्डेले नेपालमा राजनीतिक स्थिरता स्थापित हुँदै गइरहेको र विगतका वर्षमा आर्थिक सूचकांकहरु पनि सकारात्मक रहेको जानकारी दिँदै नेपालमा लगानी तथा व्यवसायिक वातावरणमा सुधार भइरहको बताए । उनले नेपाल र अष्ट्रियाबीच करिब पाँच दशक लामो दौत्य सम्बन्ध भएपनि आर्थिक सम्बन्धमा सोचे अनुरुप सुधार हुन नसकेको बताउँदै द्धिपक्षीय आर्थिक सम्बन्ध विकास र प्रवर्धन गर्नका लागि महासंघ सहकार्य गर्न तयार रहेको समेत बताए ।

नेपाल सरकारले हालै प्रस्तुत गरेको बजेटमा जलश्रोत, कृषि, पूर्वाधारलाई बढी महत्व दिएको सन्दर्भ उठाउँदै पाण्डेले यी क्षेत्रहरुमा अष्ट्रियन लगानी भित्र्याउन पनि अनुरोध गरे । उनले कुनै पनि दुई मुलुकबीच आर्थिक सम्बन्ध स्थापित र विकास हुनका लागि ती मुलुकहरुका निजी क्षेत्रबीच निरन्तर अन्तरक्रिया र भेट हुनुपर्नेमा उनले जोड दिएका थिए ।

अष्ट्रियन ट्रेड कमिसनर डामोरिजले नेपालमा विकसित घटनाक्रमहरुले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश प्रवाह भएको बताए । नेपाल र अष्ट्रियाबीचको आर्थिक सम्बन्ध, व्यापार प्रर्वद्धन गर्न आफू लागिपर्ने बताउँदै उनले नेपालमा अष्ट्रियन कम्पनीहरुले गुणस्तरीय कम्पनीको रुपमा आफ्नो छाप बनाउन सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।

छलफलमा महासंघका कार्यकारिणी समिति सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान र ओम बहादुर राजभण्डारी र महानिर्देशक डा. हेमन्त दवाडीले नेपालका लगानीयोग्य क्षेत्रहरुको बारेमा थप जानकारी दिएका थिए । छलफलमा महासंघका उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ र शेखर गोल्छा सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment