Comments Add Comment

‘ताण्डव’मा लाहुरेलाई अगाडि, नम्रतालाई पछाडि

namrata lahure and bibek

चलचित्र प्रचारमा माहिर मानिदै गएका निर्माता मोहन डोटेल एउटा यस्तो खेल खेल्दैछन्, जसले सिने बजार हल्लाउने उनको विश्वास छ । चलचित्रको प्रचारका लागि उनले आक्रामक रणनीति अपनाएको वुझिएको छ ।

यसपटक उनले चलचित्रको प्रचारमा कलाकार आशिष राना’लाहुरे’लाई अगाडि सार्दैछन् । लाहुरेलाई अगाडि सारेर नम्रतालाई पछि राख्ने उनको खेलले फाइदा ‘ताण्डव’लाई होला या नहोला हेर्न बाँकी छ ।

भदौ ६ गते ‘ताण्डव’सँगै ‘सम्बोधन’ नामक अर्को सिनेमा पनि जुध्दैछ । दुबै सिनेमामा नायिका नम्रता श्रेष्ठको अभिनय छ । नम्रता ‘सम्बोधन’मा पनि भएकाले मोहन लाहुरेलाई मुख्य हतियार बनाउने योजनामा लागेका हुन् । नम्रतालाई अगाडि सार्दा दुश्मन फिल्मलाई पनि फाइदा हुने सोचाई उनको रहेको वुझिएको छ । नेपालभरका दर्शकका लागि नम्रता भन्दा पनि लाहुरे ‘ताण्डव’का मुख्य आकर्षणमा छन् । यही कुरालाई मध्यनजरमा राख्दै ‘ताण्डव’ प्रचारमा लाहुरे अगाडि देखिनेछन् ।

बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेको चलचित्रले डन र ड्रक्सको कथा बोल्छ । चलचित्रको पं्रचारले सिनेमा बजारमा नयाँ तरंग ल्याउने विश्वास मोहनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment