+
+
Shares

बुढेसकालामा सहारा नहुँदा हजुरआमाको बिजोग

४ साउन, मोरङ । बुढेसकालमा छोराछोरीको माया पाएर सुखले बस्नेबेलामा एक वृद्दाको कन्तविजोग भएको छ । उनको आँखामा ज्योति छ तर हातले च्यातेर मात्र संसार देख्न सक्छिन् । परिवारका सदस्य र छोराछोरीबारे केही बताउन नसक्ने उनी मोरङको इटहरास्थित सोमबारे बजारको चौतारोमा एकसातादेखि बेवारिसे बनेर दिन रात बिताइरहेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ४ गते १५:३०

तेजन खड्का

४ साउन, मोरङ । बुढेसकालमा छोराछोरीको माया पाएर सुखले बस्नेबेलामा एक वृद्दाको कन्तविजोग भएको छ । उनको आँखामा ज्योति छ तर हातले च्यातेर मात्र संसार देख्न सक्छिन् । परिवारका सदस्य र छोराछोरीबारे केही बताउन नसक्ने उनी मोरङको इटहरास्थित सोमबारे बजारको चौतारोमा एकसातादेखि बेवारिसे बनेर दिन रात बिताइरहेकी छन् ।aama

‘मेरो यो संसारमा कोही छैन, सबैले मलाई माया मारेर भुलिसके’, उनी रुँदै सुनाउँछिन्, ‘बुढेसकालमा सुखसाथ बाँचौला भनेको मेरो त कन्तविजोग भयो ।’
उमेरले ७५ काटिसकेकी उनको जन्मथलो भोजपुरको गोगने गाविस हो । साउनको चुँदो झरीमा चौतारोमा बसिरहेकी उनलाई स्थानीयले खानेकुरा दिइरहेका छन् । गोगनेबाट विहे गरेर खोटाङको दिक्तेल पुगेकी यी दुखी आमा कुनै बेलो बिरानगरका होटलमा भाँडा माझ्थिन् । ‘बल हुन्जेल होटलमा भाँडा माझेर पेट पालेँ’, उनले रुँदै सुनाइन्, ‘ज्यानमा तागत सकिएपछि खान नदिई होटलबाट निकालिदिए ।’

होटलबाट निकालिदिएपछि उनले दशभुक्तमान ब्यहोरिन् । ‘होटलबाट निकालिदएपछि बाटोमा माग्दै हिँडे, बस्ने ठाउँ नपाएपछि सडकमै रात गुजारेँ’, उनले सुनाइन्, ‘मनमा माया भएकाले एकपेट खान दिए, माया नहुनेले छिछिदुरदुर गर्दै हेला गरेर खेदे ।’दुःख भोगेर थाकिसकेकी उनलाई आफन्तको राम्रो हेक्का छैन । ‘बिराटनगरको होटलमा भाँडा माझेर पेट पाल्दैगर्दा बिरामी भएर पतिले संसार छोड्नुभयो’, उनले भनिन्, ‘मैले त्यहीँ किरीया गरें, पतिले छोडेपछि मैले झनै दुःख पाएँ ।’

यी आमाका सन्तानै भएनछन् । ‘किन सन्तान भएनन्, थाहा छैन, पतिको समस्या हो या मेरो थाहा भएन,’ उनले भनिन्, ‘छोराछोरी नहुँदा बुढेसकालमा दश हैरान भोग्दैछु, झापाको दमकमा बस्दा लखेटेर खेदे, इटहरामा आमा भन्दै खान दिए ।’ अहिले यी आमाको बास नै बजारको चौतरा बनेको छ । स्थानीय सीता राईले लामखुट्टेबाट जोगाउन झुल लगाइदिएकी छन् । खाना पनि सीताले खुवाउँदै आएकी छन् । ‘आमाले खाना नखाएको र आफन्त नभएको बताएपछि मन मानेन’, सीताले भनिन्, ‘खाना खुवाउँदैछु, कोही नभएकाले हामीले सहयोग गरिरहेका छौं ।’

वृद्धाश्रम लाने तयारी

बेवारिसे बनेर चौतारोमा जीवन बिताइरहेकी उनलाई बृद्धाश्रमा राखिने भएको छ । इटहराको बुलेट गाइज क्लबले उनलाई बृद्धाश्रममा राख्ने पहल गरेको हो ।
क्लवका अध्यक्ष धनबहादुर काफ्ले बिरानगरको बिराटेश्वर बृद्धाआश्रममा राख्ने तयारी भएको बताए । ‘बृद्धाश्रमसँग सहमति भएको छ, अध्यक्ष काफ्ले भने, ‘गाविस र प्रहरी चौकीबाट सिफारिस बनाएर जिम्मा लगाउँदैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?