+

हिमालयन जाभा बास्केटबल लिग : हाउण्ड्सले रोएल्सलाई हरायो

२०८२ वैशाख  २० गते २२:५४ २०८२ वैशाख २० गते २२:५४
हिमालयन जाभा बास्केटबल लिग : हाउण्ड्सले रोएल्सलाई हरायो

२० बैशाख, काठमाडौं । हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) विजयी सुरुवात गरेको छ ।

शनिवार कीर्तिपुर कभर्डहलमा भएको लिगको दोस्रो खेलमा हाउण्ड्स एकेडेमीले रोएल्सलाई ८७-७८ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

हाउण्ड्सले पहिलो क्वाटर २१-१४ ले आफ्नो पक्षमा पार्दै राम्रो सुरुवात गरेको थियो । दोस्रो क्वाटर रोएल्सले पुनरागमन गर्दै २६-२२ ले आफ्नो पक्षमा पार्‍दै हाउण्ड्सलाई टक्कर दिएको थियो ।

तर त्यसपछि तेस्रो क्वाटर २४-१९ र चौथो क्वाटर २०-१९ ले आफ्नो पक्षमा पार्दै हाउण्ड्सले जित हात पार्‍यो । विजयी टिमका विजय बुर्जा मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

शनिवार भएको उद्घाटन खेलमा घरेलु टोली कीर्तिपुरले सामाखुशी युथ क्लबलाई ८४-५९ ले पराजित गरेको थियो ।

लिगमा आइतबार टाइम्स इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजबीच एक मात्र खेल हुनेछ ।

नेपाल बास्केटबल संघ नेबाको आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा सुरु भएको बास्केटबल लिगमा ६ टोलीको सहभागिता छ ।

डबल राउण्ड रोविन प्रणालीमा सञ्चालन हुने लिगका खेलहरु विकेण्डमा खेलाइनेछ । लिगका खेलहरु हरेक शनिवार र आइतबार तथा मंगलबार र बुधबार हुनेछन् ।

बास्केटबल लिग विजय बुर्जा हाउण्ड्स एकेडेमी हिमालयन जाभा बास्केटबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय