Comments Add Comment

इलाममा साढे छ अर्बको कृषि उत्पादन

४ साउन इलाम । कृषि उत्पादनको क्षेत्रमा अग्रणी मानिएको इलाम जिल्लाका प्रख्यात सात बालीबाट गएको वर्ष रु छ अर्ब ६८ करोड ७३ लाख बराबरको कृषि उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अलैँची, अदुवा, आलु, अकबरे खुर्सानी, तरकारी, किबी र सुन्तला बिक्री गरेर चालु आव २०७०/७१ मा रु छ अर्ब ६८ करोड ७३ लाख जिल्ला भित्रिएको हो ।

जिल्लामा सबैभन्दा बढी अदुवाबाट किसानले फाइदा लिएका छन् । ३६ हजार ७१५ मेटि्रक टन अदुवा प्रतिमन -४० किलोको एक मन) रु तीन हजार ७२० मा निर्यात गरी रु तीन अर्ब ४१ करोड ४४ लाख ९५ हजार जिल्ला भित्र्याइएको कार्यालयले जनाएको छ ।

जिल्लाको उत्तरी क्षेत्रका गाविस जमुना, माईपोखरी, सुलुबुङ, साँखेजुङ, पुवामझुवा, चमैता, मावु, माईमझुवा, प्याङ, नयाँबजारलगायतका गाविसमा उत्पादित ९१ हजार ७४० मेटि्रकटनमध्ये ७३ हजार ४०० मेटि्रकटन आलु निर्यात गरी रु एक अर्ब ४६ करोड भित्रयाउन यहाँका किसान सफल भएका छन् ।

पूर्वी क्षेत्रका किसानले व्यावसायिक तरकारीखेतीबाट वाषिर्क रु ८० करोड ३८ लाख ६० हजार आम्दानी गरेका छन् । स्कुस, कोपी, गाँजर, मुला, साग, गोलभेँडा, काँक्रो, करेला, जरा आदि तरकारी उत्पादन हुने गरेको छ ।

विभिन्न रोगकिराको सङ्क्रमणबाट मासिँदै गएको अलैँचीखेती विस्तारै पुरानै स्थितिमा फर्काउन किसान लागिपरेका छन् । यो वर्ष अलैँची ४६० मेटि्रकटन उत्पादन भएको छ । उत्पादनको सुरुवातमा रु ७० हजार प्रतिमनका दरले बिक्री भएको अलैँची पछिल्लो समयमा प्रतिमन रु एक लाखसम्ममा बिक्री भएको व्यापारीहरू बताउँछन् ।

सुन्तला उत्पादनबाट पनि इलामका किसानले राम्रो आम्दानी गरेका छन् । तीन हजार ६१२ मेटि्रकटन सुन्तला उत्पादन हुने इलाममा दुई हजार ७०९ मेटि्रकटन सुन्तला बिक्री भएको कार्यालयले जनाएको छ । सुन्तला बिक्री गरेर रु १६ करोड ५४ लाख ५० हजार किसानले पाएका छन् ।

अकबरे खुर्सानीको खेतीबाट यस वर्ष रु १६ करोड ११ लाख जिल्ला भित्रिएको छ । ५९७ मेटि्रकटन उत्पादन भएकामा ५३७ मेटि्रकटन बिक्री भएको छ । जिल्लामा सरदर रु ३०० मा अकबरे खुर्सानी बिक्री हुने गरेको छ । किबी फलबाट रु एक करोड ४४ लाख भित्रिएको छ ।

जिल्लाका साँखेजुङ, सुलुबुङ, लुम्दे, माईमझुवा, मावु, जमुनाबाट मात्रै ४० मेटि्रकटन किबी उत्पादन भएकामा ३६ मेटि्रकटन बिक्री भएको जनाइएको छ । ‘एक गाउँ, एक उत्पादन’ अन्तर्गत परेको किबी खेतीका लागि इलाम उद्योग वाणिज्य सङ्घ र जिल्ला कृषि विकास कार्यालयले साँखेजुङ गाविसलाई छनोट गरी नर्सरी तथा बगैँचा व्यवस्थापनसमेत गरिसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment