+
+
Shares

हप्तामा ६ करोड लिएर सलमान ‘बिग बोस’ चलाउन राजी

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ८ गते १०:३६

Salmanअन्ततः सलमान खान रियालिटी सो ‘बिग बोस’को औठौं सिजन चलाउन राजी भएका छन् ।

कार्यक्रममा सहभागीविच हुने झगडालाई कारण देखाउँदै सलमानले कार्यक्रममा फर्किन इन्कार गरिरहेका थिए । सलमानले नमानेपछि कार्यक्रम उत्पादक साहरुख खान, अक्षयकुमार, रणवीर कुपरजस्ता बिकल्पबारे छलफल गर्न थालेका थिए ।

तर, सलमानले यसै हप्ता बोग बोसमा फर्किन सहमति जनाएको स्रोतको हवाला दिँदै भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

सूत्रका अनुसार उनले प्रतिहप्ता ५देखि ६ करोड भारतीय रुपैयाँ-करिव १० करोड नेरु) लिएर कार्यक्रममा फर्किन लागेका हुन् । अघिल्लो सिजनमा उनले २ देखि ३ करोड प्रतिहप्ता पारिश्रमिकमा काम गरेका थिए । तर, उनले यस बर्ष दोब्बर लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?