+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

यति एयरलाइन्सको वृक्षारोपण कार्यक्रम शुरु

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ८ गते १७:२९

Yeti-air-Frosetation-2
८ साउन, काठमाडौं । यति एयरलाइन्सले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढीमा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ । बिहीबार कम्पनीले २ हजार ५ सय भन्दा बढी विरुवाहरु रोपेको छ । कम्पनीले उत्तर रामेश्वरम, ज्यातीर्लिङ्ग शिवपुरधाम, उत्तर वेहदी, धनगढी-४ लगायतका क्षेत्रहरुमा वृक्षारोपण गरेको हो ।

वृक्षारोपण कार्यक्रम एक सातासम्म चल्ने कम्पनीले जनाएको छ । यस अवधिमा २० हजार विरुवाहरु रोप्ने बताइएको छ । कम्पनीले गि्रन प्रोजेक्टको शुरुआत धनगढीको राइका टूर्स एण्ड ट्राभल्ससँग मिलेर सन् २०१० मा गरेको थियो । अहिलेसम्म यस आयोजनाअन्तर्गत कञ्चनपुर, कैलाली र डोटी जिल्लाहरुमा मात्र १ लाख ३० हजारभन्दा बढी बोट बिरुवाहरु रोपिइसकेका छन् ।

वृक्षारोपण कार्यको आरम्भ गर्दै राइका टूर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक अमर शाहीले यस वर्ष यी जिल्लाहरुमा २० हजार भन्दा बढी बिरुवाहरु रोप्ने लक्ष्य रहेको बताए ।

Yeti-air-Frosetation

यति एयरलाइन्सले यो योजनालाई सफल बनाउन धनगढी र नेपालगन्ज उडान क्षेत्रबाट प्रत्येक एकतर्फी टिकटमा २० रुपैयाँ र दुईतर्पिm टिकटमा ४० रुपैयाँ छट्टाउँदै आएको छ । ‘हामी वातावरणमा कार्बन उत्पादनबाट पर्ने असरलाई कम गराउन प्रतिबद्ध छौं, साथै हाम्रो उडानबाट यी क्षेत्रमा यात्रा गर्नुहुने यात्रु महानुभावहरुलाई पनि वातावरण संरक्षणमा वहाँहरुको योगदान रहेको महसुस गराउन चाहन्छौं’ यति एयरलाइन्सका बजार प्रबन्धक रोशन रेग्मीले भने ।

वृक्षारोपण कार्यक्रम प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंह र तेइक्वाडो खेलाडी दीपक विष्टले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा स्थानीय नागरिक प्रतिनिधिहरु, सरकारी, सार्वजनिक, गैरसरकारी र निजी क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । यस आयोजना अन्तर्गत आजसम्म २ लाख ५० हजार विरुवाहरु रोपिइसकेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?