+
+
Shares

शिक्षामन्त्री विरुद्ध स्रोतव्यक्तिको आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ९ गते १६:२६

९ साउन, काठमाडौं । आफूहरुलाई सेवाबाट हटाउने नियतले गरेको निर्णय पुनरावलोकन गर्न माग गर्दै विद्यालय स्रोत व्यक्तिहरुरु शिक्षामन्त्री विरुद्ध आन्दोलित भएका छन् । विद्यालय श्रोतव्यक्ति समाज नेपालको अगुवाई आन्दोलन थालिने भएको हो । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै स्रोत व्यक्तिहरुले तत्कालिन राजा ज्ञानेन्द्र शाहको मन्त्रिपरिषदले हटाएकै शैलीमा शिक्षामन्त्री चित्रलेखा यादवले हटाउन खोजेको भन्दै निर्णय नसच्चाए सशत्त आन्दोलनमा होमिने चेतावनी दिएका छन् ।

शाही सकारले हटाएका श्रोत व्यक्तिलाई दोस्रो जनआन्दोलन सफल भएपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा पूनर्वहाली गरिएको थियो ।कार्यक्रममा समाजका अध्यक्ष नरेन्द्र भट्टराईले करोडौंं खर्चेर तयार गरेका स्रोेतव्यक्तिलाई सेवाबाट विस्थापन गर्ने षड्यन्त्रको मन्त्रीकै कार्यालय हातामा विरोध जनाउँदा पनि कुनै सुनुवाई नभएको बताए । उनले निर्णय नसच्चाए कडा संघर्षमा उत्रने चेतावनी दिए ।

‘श्रोतव्यक्तिहरुलाई पुर्वाग्रहीरुपमा सेवाबाट हट्न बाध्य पार्ने निर्णय शिक्षामा कार्यरत निजामति कर्मचारीहरुले आफ्ना कमजोरी र हिनामिनाका ढाकछोप गर्ने नियतले ल्याइएको हो’, भट्टराईले भने, ‘यो निर्णयको हामी कडा प्रतिकार गर्छौं ।’ माग पूरा नभए जिल्ला शिक्षा कार्यलयका काम बहिस्कार गर्ने, शिक्षा विभागमा ज्ञापनपत्र बुझाएर शिक्षा विभाग सानोठिमी भक्तपुरमा धर्ना बसी मन्त्रालयको निर्देशन जलाउने अध्यक्ष भट्टराईले बताए । स्रोत व्यक्तिरुले सभासद्हरुलाई ध्यानाकर्षण गराउने, पेशागन संघ संगठन तथा युनियनसँग छलफल गर्ने, केही शिक्षा प्रशासकहरुबाट गरिएका भ्रष्टचारको भण्डाफोर गर्ने कार्यक्रम तय गरेका छन् ।

पत्रकार सम्मलेनमा शिक्षक संघका अध्यक्ष केशव प्रसाद निरौलाले श्रोतव्यक्तिमाथि शिक्षा मन्त्रालयकै केही उच्च कर्मचारीले नियोजितरुपमा विभिन्न आरोप लगाउने गरेको बताउँदै विद्ययालय व्यवस्थापन, आर्थिक पारदर्शिता, भौतिक निर्माणको अनुगमनको जिम्मा श्रोत व्यक्तिको मात्र नभएको उल्लेख गरे । शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले विद्यालय स्वीकृत र स्तरोन्नतिमा कुनै पनि अधिकार श्रोत व्यक्तिलाई नभएको थाहा हुँदाहुँदै दोषजति श्रोतव्यक्तिलाई बोकाउन मनोवैज्ञानिक त्रास सिर्जना गर्न खोजेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?