+
+
Shares

क्यामरुनका उपप्रधानमन्त्रीकी पत्नीको अपहरण

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १२ गते ७:२८

१२ साउन, काठमाडौं । नाइजेरियाका चरमपन्थी संगठन बोको हरामले क्यामरुनका उपप्रधानमन्त्री आमादोअ अलीकी पत्नीलाई अपहरण गरेको छ ।

बोको हरामले अलीका पत्नीलाई उत्तरी शहर कोलोफाताबाट अपहरण गरेको नाइजेरियाली सेनाले जनाएको छ ।

घरमा आक्रमण गरेर बोको हरामले कार्यकर्ताले क्यामरुनका उपप्रधानमन्त्री पत्नी र घरमा काम गर्नेलाई लगेको सूचनामन्त्री इस्सा चिरोमाले बताएका छन् । अली भने आक्रमणबाट बचेर भाग्न सफल भएका छन् ।

बोको हरामले पछिल्लो दिनमा क्यामरुनको सीमामा प्रवेश गरेर चरपन्थी आक्रमण बढाएको छ । साथै विदेशी नागरिकहरुलाई अपरहण गर्ने गरेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?