Comments Add Comment

एयर एशिया लगातार छैटौं बर्ष ‘बिश्वको उत्कृष्ट बजेट एयरलाइन्स’

Air-Asia-3

१३ साउन, काठमाडौ । मलेसियाली बजेट एयरलाइन्स ‘एयर एशिया’ले सन् २०१४को उत्कृष्ट बजेट एयरलाइन्सको उपाधि जितेको छ । एयर एशियाले यो उपाधि लगातार छैटौं बर्ष हात पारेको हो ।

सन् २०१४को १० महिनाको अबधिमा बिश्वका २४५ एयरलाइन्समा यात्रा गर्ने करिव १ करोड ८० लाख यात्रुमाझ गरिएको सर्वेक्षणका आधारमा यो उपाधि प्रदान गरिएको हो ।

हालै लण्डनमा आयोजित स्काइट्रयाक्स वल्र्ड एयरलाइन्स अवार्डमा एयर एशियाका प्रमुख कार्यकारी अधिकृत टोनी फर्नान्डेजले एवार्ड ग्रहण गरे । एवार्ड ग्रहण गर्दै फर्नान्डेजले भने-‘ २ वटा पुराना जहाजका साथ हामीले १२ बर्षअघि एउटा सपना देख्न सुरु गरेका थियौं, अहिले हामीले १६० वटा जहाजमार्फत् ९५ गन्तब्यमा झण्डै साढे २ अर्ब यात्रुलाई सेवा दिइसकेका छौं ।’

एयर एशियाकै लामो दूरीमा सेवा दिने बजेट एयरलाइन्स ‘एयर एशिया एक्स’ बिजनेस क्लास सिट र  क्याविनका लागि बिश्वकै उत्कृष्ट बजेट एयरलाइन्सको अवार्ड हात पारेको छ ।

एयर एशिया एक्सले यी दुवै उपाधि लागातार दोस्रो बर्ष जितेको हो । बजेट एयरलाइन्समा बिजनेस क्लास सुरु गर्ने एयर एशिया एक्स पहिलो हो । एयर एशिया ग्रुपले एयरबस ए ३३० मार्फत आफ्नो उडान गरिरहेको छ । जसले सन् २०२६ सम्मका लागि थप ४७५ वटा एयरबस बिमान अर्डर गरेको छ ।

Air-Asia-4

एयर एशियाका प्रमुख कार्यकारी अधिकृत फर्नान्डेजले सो अबसरमा जापानमा पुनः एयर एशियाको सेवा सुरु गर्न लागेको जानकारी गराउनुभयो । यसै बर्षदेखि भारतमा समेत बजेट एयरलाइन्स सेवा सुरु गरिएको जानकारी दिँदै उनले यसको बृद्धिप्रति आफु निकै आशाबादी रहेको बताए ।

एयर एशिया एक्सले दुई बर्षअघि सातामा दुईपटक काठमाण्डौ-क्वालालम्पुर उडान सुरु गरेकोमा अहिले हरेक दिन उडान गर्दै आइरहेको छ ।

नेपाल उडान दुई बर्ष पुरा गरेको उपलक्ष्यमा एयर एशियाले बिभिन्न प्रर्बद्धनात्मक अफरहरु सार्वजनिक गरेको छ । यसै अबसरमा एयर एशियाको नेपालस्थित जिएसए-इन्सेटिभ ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ललितपुरको बुङमति कार्यबिनायकमा रहेको अपाङ्ग सेवा संघको स्याहार केन्द्रमा गई अपाङ्ग बालबालिकालाई ह्वील चेयर, लत्ताकपडा र नेरु १ लाख २ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ । ४० अपाङ्ग बालबालिकाले आश्रय लिएको सो केन्द्रमा उनीहरुका लागि बस्ने आवास बनाउन सो रकम खर्च गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment