+
+
Shares

तीन ईन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १४ गते १७:४७

१४ साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका मध्यमाञ्‍चल सिंचाई बिकास डिभिजन नं. ५, भरतपुरका तीन ईन्जिनियर र एक लेखा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

ईन्जिनियर मधुप्रसाद अधिकारी, रामभद्र पण्डित, चक्रपाणी लामिछाने र लेखा अधिकृत ऋषिभक्त तिमल्सिनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । आरोपपत्रमा ५ लाख २१ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ३ (१) तथा दफा ३ (१) (क), (ग) र (घ) बमोजिम सजायको मागदाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?