+
+
Shares

पर्यटन बोर्डका कागजपत्र अख्तियारको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १६ गते ११:३१

१६ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डमा छापा मारी सबै कागजात नियन्त्रणमा लिएको छ । बोर्डमा भ्रष्टाचार र अनियमितता भएको आशंकामा अख्तियारले बिहीबार छापा मारी कागजातहरु नियन्त्रणमा लिएको हो ।

NTB-Buildingबोर्डमा कायमुकायम कार्यकारी प्रमुख सुवाष निरौलाले भ्रष्टाचार र अनियमितता गरेको आरोप लगाउँदै पर्यटन व्यवसायीहरुले ५२ दिनसम्म आन्दोलन गरेका थिए । उनीहरुले बोर्डमा भएको भ्रष्टचार र अनियमितता छानविन हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग राखेपछि पर्यटन मन्त्रालयले छानविन समिति गठन भएको थियो ।

मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा छानविन समिति गठन भएपनि बोर्डमा भएको भ्रष्टचार र अनियमितताको छानविनमा अख्तियार आफै तातेको छ ।

अख्तियारले यसअघि नै पर्यटन बोर्डका फाइलहरु मागेर छानविन थालेको थियो । तर, निरौलाले अख्तियारलाई सक्कली कागजपत्र लुकार्इ नक्कली कागजपत्र दिएर झुक्काएकाे गुनासाे पर्यटन व्यवसायीहरूले गरेका थिए ।

अनुसन्धानको क्रममा बोर्डबाट आएका कागजपत्र संकास्पद भएको देखिएपछि अख्तियारले बिहीबार बोर्डमा पसेर सबै फाइलहरु नियन्त्रणमा लिएको हो । अख्तियारले विहान ११ बजेदेखि ५ बजेसम्म बोर्डका कागजपत्र खोजेको थियो ।

पर्यटन मन्त्रालयले गठन गरेको छानविन समितिलाई सबै फाइलहरु अख्तियारले लिएको भन्दै निरौलाले कागजपत्र दिन अस्विकार गरेका थिए । अख्तियार टोलीले आर्थिक वर्ष ०६८/६९ देखि ०७०/७१ सम्मका सबै निर्णय र काम कारबाही भएका ३ सय भन्दा बढी फाइल बोर्डबाट लगेको छ ।

यो पनि पढ्नुहाेस

सबै कागजपत्र अख्तियारमा पेश गरेको बोर्डको जबाफ

सबै कागजपत्र अख्तियारमा पठाएकाे भन्दै पर्यटन मन्त्रालयकाे छानविन समितिलार्इ बाेर्डको जवाफ  यस्तो थियो ।

NTB-File-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?